रोटरी र रोट्रयाक्टको पदस्थापन सम्पन्न

0
405

मेचीनगर ।

रोटरी इन्टरनेश्नल डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाको १३ औँ तथा रोट्रयाक्ट क्लब अफ काँकरभिटाको ७ औँ पदस्थापन कार्यक्रम संयुक्तरुपमा शनिबार सम्पन्न भएको छ । सन् २०२२/२०२३ को नयाँ नेतृत्वले शनिबारबाट आफ्नो पदभार ग्रहण गरेको हो ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र विशिष्ट अतिथि जोन ३९ का एजी निकिता गिरीले सन् २०२२/२०२३ को रोटरी थिम व्यानर खोलेर संयुक्तरुपमा गर्नुभएको थियो ।

कार्यक्रममा सन् २०२१/२०२२ अध्यक्ष रोहितकुमार बुढाथोकीले आफ्नो कार्यकालमा क्लबले गरेका विविध गतिविधिहरुका बारेमा जानकारी गराउनुभयो । आफ्नो मन्तव्य अन्त्यसँगै उहाँसहित प्रमुख अतिथि नगर प्रमुख बुढाथोकी र जोन ३९ का एजी गिरीले सन् २०२२/२०२३ को अध्यक्ष सुजन प्रधानलाई क्लबको चार्टर सर्टिफिकेट, कलर, ग्यावल हस्तान्तरण गर्नुभयो ।

त्यस पश्चात विशिष्ट अतिथि जोन ३९ का एजी गिरीले नवनियुक्त अध्यक्ष प्रधानलाई पद तथा गोपनियताको सपथ गराउनुभयो । आफ्नो सपथ ग्रहणपछि अध्यक्ष प्रधानले आफ्नो टिमका सवै पदाधिकारीहरुको नाम घोषणा गर्दै पद तथा गोपनियताको सपथ गराउनु भएको थियो ।

आफुले पदभार ग्रहण गरे लगत्तै अध्यक्ष प्रधानले कार्यक्रम विधिवतरुपमा शुरु भएको घोषणा गर्नुभयो । उहाँले आफ्नो प्रतिवद्घता मन्तव्य व्यक्त गदैं क्लबले आगामी दिनमा गर्ने भावी योजनाहरुको बारेमा जानकारी गराउनुभयो । यसका लागि सवैक्षेत्रको साथ सहयोगको अपेक्षा गर्नुभयो ।

यसैगरी, रोट्रयाक्ट क्लब अफ काँकरभिटाको सन् २०२१/२०२२ अध्यक्ष पेमा तामाङले सन् २०२२/२०२३ को अध्यक्ष इञ्जिनियर डालीम खड्कालाई पद हस्तान्तरण गर्नुभयो । सन् २०२२/२०२३ को अध्यक्ष खड्कालाई निवर्तमान अध्यक्ष तामाङ र डिष्ट्रीक रोट्रयाक्ट कमिटी सदस्य शरद जोशीले संयुक्तरुपमा क्लबको चार्टर सर्टिफिकेट, कलर, ग्यावल हस्तान्तरण गर्नुभयो । सोहि क्रममा जोशीले नवनियुक्त अध्यक्ष खडकालाई पद तथा गोपनियताको सपथ गराउनुभयो । आफ्नो सपथ ग्रहणपछि अध्यक्ष खड्काले आफ्नो टिमका सवै पदाधिकारीहरुको नाम घोषणा गर्दै पद तथा गोपनियताको सपथ गराउनु भएको थियो ।

रोटरी इन्टरनेश्नल डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाको सन् २०२१/२०२२ र सन् २०२२/२०२३ सचिव क्रमस उदयकुमार श्रेष्ठ र भगिरथ राई , रोट्रयाक्ट क्लब अफ काँकरभिटाको सन् २०२१/२०२२ सचिव रोजिना पोखरेलले संयुक्तरुपमा सञ्चालन गरेको कार्यक्रममा बोल्दैं नगरप्रमुख बुढाथोकीले रोटरीले विभिन्नक्षेत्रमा पुर्याएको योगदानको प्रंशसा गदैं आगामीदिनमा समेत स्थानीय सरकार रोटरीसँगै हुने प्रतिवद्घता व्यक्त गर्नुभयो ।

रोटरीले स्वास्थ्य, शिक्षा, वातावरणलगायत सामाजिकक्षेत्रमा पुर्याएको योगदानका बारेमा चर्चा गदैं उहाँले रोटरीले विश्व शान्ति, खानेपानी र सरसफाई, आधारभूत शिक्षा, विभिन्न रोगको उपचार तथा रोकथाम, आमा र नवजात शिशुको स्वास्थ्य उपचार, समुदायमा आधारित आर्थिक विकासका क्षेत्रमा पुर्याएको योगदानको अहिले विश्वभर प्रशंसा भएको चर्चा गर्नुभयो । आगामी दिनमा समेत यस्ता कार्यले निरन्तरता पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले अब समाज रुपान्तरण र परिवर्तमा सवै लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रेसिडेन्ट इलेक्ट इञ्जिनियर रुद्र मैनालीले स्वागत गर्नुभएको कार्यक्रममा विशिष्ट अतिथि जोन ३९ का एजी निकिता गिरी, डिष्ट्रीक रोट्रयाक्ट कमिटी सदस्य शरद जोशी लगायतले बोल्नुभएको थियो । सर्जन्ट एट आम्र्स कृष्ण पौडेललेटोस्ट प्रपोजल र रोट्रयाक्ट क्लब अफ काँकरभिटाको जोइन्ट सेक्रेटरीमा अनिल विष्टले सहभागी सवैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here