बिर्तामोडमा एमएण्डसी युनिसेक सैलुन सञ्चालनमा

0
548

बिर्तामोड ।

झापाको बिर्तामोड– १ मा बुधबारबाट एमएण्डसी युनिसेक सैलुन सञ्चालनमा आएको छ । बिर्तामोड क्षेत्रका ग्रहाकलाई मध्यनजर गर्दै मिना रसाइलीले उक्त सैलुन सञ्चालनमा ल्याएकी हुन् । महिला र पुरुष दुवैलाई मध्यनजर गर्दै पार्लरसहितको सैलुन सञ्चालनमा ल्याइएको हो ।

उक्त सैलुनको बिर्तामोड–१ का वडाध्यक्ष अग्नी पाण्डे र बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले उद्घाटन गरे । उनीहरुले बिर्तामोड क्षेत्रमा महिलाले आफैं ब्यवसाय शुरु गर्न थालेको भन्दै प्रशंसा गरे । उनीहरुले यस्ता ब्यवसायले महिलालाई आर्थिक रुपमा अझ आत्मनिर्भर बन्न प्रेरित गर्ने भन्दै सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाई, बिर्तामोड उद्योग वाणिज्य संघकी जनसम्पर्क उपाध्यक्ष नैनाकला भट्टराई, सह–कोषध्यक्ष राधिका चुडाल लगायतको सहभागिता रहेको थियो । ३५ लाखको लागतमा सञ्चालनमा आएको सैलुनमा मेकअप तथा हेयर कटिङ सम्बन्धि कक्षा समेत सञ्चालन गरिने बताइएको छ ।

पुरुषका साथै महिलाको सैन्दर्य सम्बन्धि सबै कामहरु हुने सञ्चालनक रसाइलीले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here