हर्कबहादुरहरु

0
322

चिन्तामणि दाहाल,

स्वतन्त्रताको इज्जतिलो पस्मिनाको खास्टो ओढेर
केही समययता,
गल्ली, खोल्सी र डम्पिङ सइट खोज्दै
कतै फाहोर भेला गर्न, कतै शुद्ध पानी खोज्न,
कतै फोहोर फाल्ने डम्पिङ साइट खोज्न
कम्मर कसेर हर्कबहादुर,
बाटो छेक्न ठड्याइएका अग्ला ढिस्काहरु फोर्दै
अगाडि बढ्दैछ, निरन्तर, निरन्तर ।

स्वतन्त्रतालाई सम्मान दिँदै स्वःस्फूर्त प्रचार गर्न
तल्लीन आम युवा–युवतीहरुका लागि
क्रान्तिको राँको बोक्दै युवाहरु कै
जोशजाँगर भएका प्रौढ र वृद्धवृद्धाहरुका लागि
कतै सडकका खाल्डाहरु पुर्दै,
कतै युवाहरुलाई देशमै रोक्ने परिश्रमका बाटाहरु खोज्दै
आफैं कुटो, कोदालो र गैंतीहरु बोकेर,
जोश र जाँगर साथ तल्लिन छन्
हर्कबहादुर, हर्कबहादुर अनि हर्कबहादुर ।

सुन्दैछु दलहरु र दलेहरु उद्दत छन् रे हर्कबहादुरहरुलाई
यात आफू जस्तै बनाउन, या त भीरबाट खसाल्न
तर, लोकतन्त्रको वास्तविक अर्थ र गुह्य बुझेका हर्कबहादुरहरु
बुझाउँदै छन् जनमानसमा,
स्वतन्त्र नै स्वतन्त्रता हो,
जनताको लागि काम गर्नु नै लोकतन्त्र हो,
गिने चुनेका नेताहरुको झोला बोकेर
सडकमा पैदल हिँड्नेलाई घृणाको भावले हेर्दै मोटरमा हुँइकिनेहरु
न त हिजो लोकतन्त्रका लागि सडकमा हिँडे,
न त प्रहरीको अश्रुग्याँसले पिरो बनाएको आँखा मिच्दै पानी खोज्दै दौडे
अहिले तिनैको हालीमुहालीले त्रसित जनता
स्वतन्त्र र स्वतन्त्रता खोज्दै हिँडिरहेका बेला
देखा परेका हर्कबहादुरहरुका साथमा
सिटी बजाउँदै खुशीले उफ्रँदैछन् रे
कतै नाच्दै होशियार पनि छन् रे ।

नआँटे हुन्छ अब लोकतन्त्रको खोल ओढेर लोकतन्त्र खानेहरुले
स्वतन्त्र आइसके सडकमा, स्वतन्त्रता आइसक्यो सडकमा
जसको नेतृत्व हर्कबहादुरहरुले गर्दैछन् ।
जसको संरक्षण आमजनताले गर्दैछन् ।

भद्रपुर, झापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here