इलाम,

ज्योति लाईफ इन्स्योरेन्स ईलाम शाखाको आयोजनामा माई नगरपालिका शुक्रबारेमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
“शहरदेखि गाउँसम्म ज्योति लाईफ, घर-घरमा ज्योति लाईफ” भन्ने नाराका साथ विहिवार नमुना सामुदायिक वन समुहको हलमा अभिमुखीकरण सम्पन्न भएको हो।
स्थानीय ४३ जनाको सहभागिता रहेको कार्यक्रमलाई ज्योती लाईफ इन्स्योरेन्स एरिया सेल्स म्यानेजर नारायण ओझा, वितरण कार्यकारी कमल राई र ईलाम शाखा प्रबन्धक भीम पौडेलले बीमाको बारेमा सहजीकरण गर्नु भएको थियो ।

अभिमुखीकरण समापन कार्यक्रम प्रमुख आतिथि माई नगर कार्यपालिका पुर्ब सदस्य राजेन्द्र कुमार धमला, कन्काई माविका सहायक प्राध्यापक खेमराज लिम्बू, पत्रकार विमल दहाल, सहभागी अमृता कालिकोटे, ज्योति लाईफका ईलाम जिल्ला प्रबन्धक भिम पौड्याल, सञ्चालन कमल राई लगायतले मन्तव्य दिनु भएको स्थानीय कार्यक्रम व्यवस्थापक राजकुमार खातीले जानकारी दिनुभयो।
कार्यक्रममा पूर्व नगर कार्यपालिका सदस्य कुमारी रैका, माई-४ नम्बर वडा सदस्यहरू कल्पना वि.क., सन्तोषी राई, लेखमाया राई, कामना आधारभुत विद्यालय माई -२ का प्रधानाध्यापक चन्द्रमाया परियार, सरस्वती मावि माई -३ का शिक्षक अनुरञ्जन कुमार यादव, स्थानीय समाजसेवी दुर्गाराज पत्रकार हरि असीम, गरुवा आधारभुत विद्यालयका शिक्षक प्रेम बिश्वकर्मा लगायतको सहभागिता रहेको बताईएको छ।































