दुबै मृगौला खराब भएका विकको उपचारमा सहयोगका लागि अपिल

0
315

उमनाथ भण्डारी,
कमल ।

दुबै मृगौला खराव भएका विकको उपचारमा सहयोगका लागि आफन्तले अपिल गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएका दमक ७ निवासी २६ वर्षीय रामकुमार विकको उपचारमा सहयोग गरिदिनका लागि आफन्तले अनुरोध गरेका हुन् ।

पत्रकार मञ्च दमकको सभाहलमा पत्रकार सम्मेलन गरी मृगौला खराव भएका विकको आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण उपचारमा सहयोग गरिदनुहुन विरामीका काका भीमवहादुर विश्वकर्माले सबै संग अनुरोध गर्नु भएको छ ।

उपचारमा संलग्न डाक्टरका अनुसार आफन्तले मृगौला दिएमा १५ देखि २० लाख रुपैँयासम्ममा विरामी निको हुने बताउनुभयो । आर्थिक अवस्था कमजोर भएकै कारण बैदेशिक रोजगारीमा गएका विकको स्वस्थ्यमा समस्या आएपछि कम्पनीले फिर्ता पठाएको र याहाँ आएपछि स्वस्थ्य परिक्षण गर्दा दुबै मृगौला खराब भएको थाहा भएको दमक नगरपालिका वडा नम्वर ७ की दलित महिला सदस्य तारा रणपहेलीले बताउनुभयो ।

महिनामा चार पटक डाइलोसीस गराउनुपर्छ । डायलोसिसका लागी वडा कार्यलयले दुई लाख रुपैया बराबरको सिफारिस गरेको थियो तर, सरकारी पालो पर्खिदा महिनौ दिन सम्म पालो आउदैन विरामिको स्वस्थ्य अवस्था जटिल बन्दै गएपछि निजि लगानीमा डाईलोसीस गराउनु परेको छ ।

एक पटक डाइलोसीस गराएको १५ देखि २० हजार रुपैँया लाग्छ । अहिले सम्ममा दुई लाखभन्दा बढी रुपँैया खर्च भई सकेको रणपहेलीले जानकारी दिनुभयो । विकका श्रीमती सहित ९ र ४ वर्षिया दुई वटी छोरी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here