किन बढ्दैछ बलात्कारका घटना ?

0
461

बलात्कार जस्तो गम्भीर अपराध नियन्त्रणका लागि बनेका अन्तर्राष्ट्रिय मापदण्डका आधारमा नेपालको कानून अलि फितलो छ । प्रचलित कानूनले बलात्कारलाई बलात्कार मान्दैन । बलात्कार जनाउन प्रयोग हुने कानूनी शब्द हो जबर्जस्ती करणी ।

पछिल्लो समय वैवाहिक बलात्कारका घटनाहरु पनि बढ्न थालेका छन् । बलात्कारका घटना बढेसँगै वैवाहिक बलात्कारका घटना समेत सार्वजनिक हुने क्रम बढ्दो छ । हिजो–आज भने आधुनिकीकरण सँगै नैतिक मूल्य–मान्यता र आदर्शमा ठूलो ह्रास आएको छ । कुनै व्यक्ति बलात्कार गर्न त्यस समय उत्तेजित हुन्छ, जब उसमा यौन उत्तेजना धेरै देखिन्छ । तर, यौन उत्तेजना मेट्ने साधन प्राप्त हुँदैन ।

वास्तवमा पुरुषले महिलालाई यौन सन्तुष्टिको साधन मानेका कारण नै बलात्कारको घटना हुने गर्छ । अहिले निर्माण भएका फिल्महरुले समेत यौन दुव्र्यवहारमा बढवा दिएको देखिन्छ । प्रायः हिन्दी फिल्म, नेपाली फिल्ममा यस्ता दृश्यहरु राखिएको छ । बलात्कृत महिलालाई शारीरिक, मानसिक तथा भावनात्मक रुपमा समेत चोट परेको हुन्छ । नेपाल जस्तो गरीब र अशिक्षित देशहरुमा बलात्कारका अधिकांश घटनाहरु प्रकाशमा नै आउँदैनन् ।

अहिले बिद्यमान जबर्जस्ती करणी सम्बन्धी कानूनी व्यवस्थामा सुधारको खाँचो छ भनेर आवाज उठ्ने गरेको छ । बलात्कार जस्तो गम्भीर अपराध नियन्त्रणका लागि बनेका अन्तर्राष्ट्रिय मापदण्डका आधारमा नेपालको कानून अलि फितलो छ । प्रचलित कानूनले बलात्कारलाई बलात्कार मान्दैन बलात्कार जनाउन प्रयोग हुने कानूनी शब्द हो जबर्जस्ती करणी । यसअघिको मुलुकी ऐनमा ‘जबर्जस्ती करणीको महल’ थियो । हाल प्रचलित मुलुकी अपराध संहितामा पनि ‘जबर्जस्ती करणी’ सम्बन्धी परिच्छेद छ । जबर्जस्ती करणी भन्नाले हिंसाको प्रयोगबाट करणी सम्पन्न भएकै हुनुपर्ने अनिवार्य हुनुपर्ने जस्तो देखिन्छ । तर, हिंसाबिना पनि बलात्कार हुन सक्छ । यसतर्फ कानून निर्माताहरुको ध्यान पुगेको देखिँदैन ।

अपराध संहिताको दफा २१९ ले कसैले कुनै महिलालाई मञ्जुरी नलिई करणी गरे वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरे बलात्कार गरेको मान्छ । सोही दफाले मञ्जुरीबिना गुदद्वार वा मुखमा लिङ्ग पसाए र लिङ्ग बाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश गराए पनि बलात्कार मान्छ । महिलालाई मात्रै बलात्कारको सम्भावित पीडित मान्ने होइन तेस्रो लिङ्गी, वयस्क पुरुष र बालक पनि बलात्कारको अपराधबाट पीडित हुन सक्छन्, यसलाई पनि कानूनले समेट्न सकेको छैन ।

नेपालको कानूनले योनी, गुदद्वार र मुखमा लिङ्गको प्रवेशलाई बलात्कार मानेको छ । तर, औंला वा शरीरका अन्य अङ्ग र बाहिरी वस्तुलाई जबर्जस्ती गुदद्वारलगायतमा प्रवेश गराउने कार्यलाई विश्वका अन्य देशमा बलात्कार मानिन्छ । तर, नेपालमा मानिएको छैन । तर सर्वोच्च अदालतले महिलाले महिलालाई बलात्कार गर्न सक्ने तथा कृतिम लिङ्गको प्रयोगबाट पनि बलात्कारको अपराध हुन सक्ने नजिर कायम गरेको छ । तर, कानून नै चाहिँ बनेको छैन । अपराध संहिताले १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि बलात्कार मान्छ । करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा बन्धक बनाई लिएको वा होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई सहमति मान्दैन ।

सर्वोच्च अदालतले २०६५ मा आदेश जारी गर्नु अघिसम्म वैवाहिक बलात्कारलाई अपराध मानेको थिएन । आफ्नी श्रीमती बाहेक अन्य महिलालाई जबर्जस्ती करणी गरे मात्रै अपराध मान्ने मुलुकी ऐनको व्यवस्थाले वैवाहिक सम्बन्धका आधारमा बलात्कार जस्तो जघन्य अपराधमा उन्मुक्ति दिन्थ्यो । तर, सर्वोच्च अदालतले मुलुकी ऐनको त्यस्तो प्रावधानलाई संशोधन गर्न संसदलाई निर्देशन दिएपछि अहिले वैवाहिक बलात्कार कसुर मानिने कानून बनेको छ । तर, यस्तो अपराधमा सजाय भने अन्य व्यक्तिलाई बलात्कार गर्दा हुनेभन्दा न्यून छ ।

संशोधित मुलुकी ऐनमा ‘अदालतबाट दोषी ठहर भएपछि तीनदेखि पाँच वर्ष कैद हुने’ व्यवस्था थियो । अपराध संहिताले यसलाई बदलेर ‘पाँच वर्षसम्म’ बनाएको छ । २०७२ सालसम्म बलात्कारको मुद्दा ३५ दिनभित्र अदालतमा चलाइ सक्नुपर्ने व्यवस्था थियो । जसका कारण बलात्कारपीडितका धेरै मुद्दा अदालत पुग्नै सकेनन् । तर, २०७२ सालपछि मात्रै मुलुकी ऐन संशोधन गरेर हदम्याद छ महिना पु¥याइ दियो । २०७५ भदौ १ देखि लागू भएको अपराध संहितामा हद म्याद एक वर्ष पु¥याइएको छ । तर, अपराध संहितामा हाडनाता करणीमा जहिलेसुकै उजुरी गर्न सकिने व्यवस्था छ ।

के छ कानूनमा ?

मुलुकी अपराध संहिताको परिच्छेद १८ मा करणी सम्बन्धी कसूर र त्यसको दण्ड व्यवस्थाबारे उल्लेख गरिएको छ । जसको दफा २१९ मा जबर्जस्ती करणी गर्न नहुने उल्लेख छ । त्यसरी कानूनले नगर्न भनिएको कुरा गरेमा कुन–कुन अवस्थामा के–कति दण्ड सजाय हुने भन्ने प्रष्ट गरिएको छ । दफा २१९ को उपदफा (२) मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने छ ।

(क) करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन,

(ख) होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन,

(ग) गुदद्वार वा मुखमा लिङ्ग पसाएमा, गुदद्वार, मुख वा योनीमा लिङ्ग केही मात्र पसेको भएमा, लिङ्ग बाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जबर्जस्ती करणी गरेको मानिने छ ।

(घ) जबर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी देहाय बमोजिम कैद हुनेछ,

(क) १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिला भए जन्म कैद,

(ख) १० वर्ष वा १० वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका भए १८ वर्षदखि २० वर्षसम्म,

(ग) १४ वर्ष वा १४ वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ वर्षदेखि १४ वर्षसम्म,

(घ) १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म,

(ङ) १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि १० वर्षसम्म ।

(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here