भारतीय नागरिक विश्व बैंकका नयाँ प्रमुख अर्थशास्त्री

0
275

नयाँदिल्ली ।

विश्वबैंकले भारतीय नागरिक ईन्दरमिट गिललाई प्रमुख अर्थशास्त्रीमा नियुक्त गरेको छ । कौशिक वशु पछि गिल विश्व बैंकमा प्रमुख अर्थशास्त्रीको रुपमा काम गर्ने दोश्रो भारतीय हुनेछन ।

विश्व बैंकले बहुपक्षीय विकास बैंकमा विकास अर्थशास्त्रका लागी भारतीय नागरिक, प्रमुख अर्थशास्त्री र वरिष्ठ उपाध्यक्ष ईन्दरमित गिललाई नियुक्त गरेको छ ।

विश्व बैंकका अध्यक्ष डेभिड मालपासद्वारा जारी एक विज्ञप्तिमा इन्दरमित गिलले यस भुमिकामा नेतृत्व,अमुल्य विशेषता र देशका सरकारहरुसँग समस्ति आर्थिक असन्तुलन, बृद्धि,गरिबी, संस्थाहरु दृन्द र जलवायु परिवर्तनमा काम गर्ने व्यवहारिक अनुभवको संयोजन ल्याउने विश्वास व्यक्त गरिएको छ । सेप्टेम्बर १ तारिखमा उनले यो जिम्मेवारी सम्हाल्ने छन ।

गिल विश्व बैंकमा प्रमुख अर्थशास्त्रीको रुपमा काम गर्ने दोश्रो भारतीय हुनेछन । सन २०१२ देखि २०१६ सम्म जागिर खाएका कौशिक वसु पहिलो थिए । रघुराम राजन र गीता गोपीनाथ विश्व बैंकको भगिनी संस्था अन्तरराष्ट्रिय मुद्दा कोषमा प्रमुख अर्थशास्त्रीको रुपमा काम गरिसकेका छन ।

विकास अर्थशास्त्रमा बौधिक गोगदानका लागी गिललाई व्यापक रुपमा सम्मान गरिन्छ । गिलले आर्थिक भुगोलमा प्रभावशाली २००९ विश्व विकास रिपोट नेतृत्व गरे । उसको अग्रगामी कार्यक्रममा“मध्यम आयको पासीको अवधारणा प्रस्तुत गर्ने समावेश छ, जसको वर्णन गर्न विकासील देशहरु आएको निस्चीत स्तरमा पुगेपछि कसरी स्थिर हुन्छन ? उनले विकासोन्मुख देशहरु, सार्वभौमऋण, हरित वृद्धि, श्रम बजार, गरिबी र असमान्ता, जस्ता नीतिगत मुद्दाहरु तथा प्राकृतिक स्रोत सम्पदाको व्यवस्थापन जस्ता नीतिगत मुद्दाहरुमा व्याप्क रुपमा प्रकाशित गरेका छन ।

गिल हाल बैंकमा समतामुलक बृद्धि वित्त र संस्थाहरुको लागी उपाध्यक्ष समस्टी, अर्थशास्त्र ऋण, व्यापार गरिकी र सुशासन सम्बन्धी कार्यको नेतृत्व गर्दछन, २०१६ र २०२१ को बीचमा उनी डयुक विश्व विद्यालयमा सार्वजनिक नीतिका प्रोफेसर, ब्रृकिङ्ग ईन्स्टियुटमा ग्लोबल ईकोनोमी र डेभलोपमेण्ट कार्यक्रममा गैर आवासीय वरिष्ठ फेलो थिए ।

गिलले जर्जटाउन विश्व विद्यालय र सिकागो विश्वविद्यालयमा पनि अध्ययन गरेका छन । नोबेल पुरस्कार विजेता ग्यारी बेकर र रोबर्ट ईलुकास जुनियर विद्यार्थी गिललेसिकागो विश्वविद्यालयबाट अर्थशास्त्रमा पिएचडी गरेका छन । उनले दिल्ली स्कुल अफ ईकोनोमिक बाट एमए र दिल्ली विश्वविद्यालयको सेण्ट स्टीफन्स कलेजबाट अर्थशास्त्रमा बीए(अनर्स) गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here