झापामा बैंकिङ कसुर मुद्दाका फरार पक्राउ

0
377

भद्रपुर, 

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका- १० निवासी ४० वर्षीया टीकामाया भट्टराई रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।

प्रहरीका अनुसार उच्च अदालत विराटनगर इलाम इजलासको २०७९ असार ८ गतेको फैसलाबमोजिम बैंकिङ कसुर मुद्दामा फरार रहेकी भट्टराईलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले साउन २८ गते पक्राउ गरेको हो।

अदालतले उनलाई दुई दिन कैद, दुई लाख जरिवाना र पीडित राहत कोषमा ८ हजार जम्मा गर्नुपर्ने सजाय तोकेको छ। यता पक्राउ उनलाई झापा जिल्ला अदालतमा उपस्थित गराई झापा कारागार भद्रपुर कैद भुक्तानका लागि पठाइसकेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here