भद्रपुरका मिर्गौला पीडित बालक सुज्ञानलाई आर्थिक सहयोग

0
381

भद्रपुर,

भद्रपुरका मिर्गौला पीडित बालक सुज्ञान गिरीलाई उपचार सहयोग वापत नगद रकम प्रदान गरिएको छ ।

सामाजिक अभियानकर्ता भद्रपुर– ६ निवासी सञ्जय भुइँमाली र उनकी श्रीमती भावना कटुवाल (सिर्जना)ले आर्थिक सङ्कलन रकम जुटाई भद्रपुर- ९ निवासी सरे बहादुर गिरीको डेढ महिनाको छोरा मिर्गौला पीडित सुज्ञानलाई २५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

भद्रपुर- ९ नम्बर वडा कार्यालयमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरी वडा अध्यक्ष रामप्रसाद दाहालले बालकका परिवारजनलाई सो रकम हस्तान्तरण गरेका थिए ।

बालक सुज्ञानको गत साउन ४ गते काठमाडौँको ईन्टरनेसनल हस्पिटल ग्राण्डिमा अप्रेसन भएको र उनको उपचारमा थप सहयोगका लागि रकम दिएको अभियानकर्ता भुइमालीले बताए ।

यसअघि उनको उपचारका लागि काठमाडौँ निवासी मिना राणाले सम्पूर्ण उपचार खर्च उपलब्ध गराएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here