प्राज्ञ सभा सदस्य राजवंशी सम्मानित

0
383

झापा, ललितकला प्रज्ञ प्रतिष्ठानका प्राज्ञ सभा सदस्य तथा कार्टुनिष्ट पवन राजवंशी सम्मानित भएका छन् ।
कार्टुनिष्ट क्वल नेपालले इटहरीस्थित मेट्रिक्स सांस्कृतिक भवनमा आयोजित कार्यक्रमका बीच प्राज्ञ सभा सदस्य राजवंशीलाई सम्मान गरिएको हो । कार्टुनिष्ट क्लव नेपालले इटहरीमा ‘निसाना भ्रष्टाचार विरुद्ध कार्टुन प्रदर्शनी’ विषयक काटुन प्रर्दशन गरिएको थियो । सो प्रर्दशनीमा भ्रष्ट्रचार सम्वन्धि ५० वटा कार्टुन प्रर्दशन गरिएको थियो ।
कार्टुनिष्ट क्लवका महा सचिव रवि मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रममा समाज विकासमन्त्री लोकप्रसाद संग्रौला, विशेष अतिथि इटहरिका उपमेयर संगीता चौधरी, अग्रज कार्टुनिष्ट रविन सायमी र प्राज्ञ जीवनाथ पोखरेल सहभागी थिए ।
ललितकला पत्रकार अध्यक्ष केशवराज खनालले स्वागत गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ एसोसियट कमिटीका सचिव योगेश खपाङी,सिएम आर अध्यक्ष तृष्णा आचार्य र मूर्तिकार विक्रम श्री लगायतको मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here