ट्रकको ठक्करबाट नायकको मृत्यु

0
303

झापा, झापाको दमक नगरपालिका सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ ।


दमक नगरपालिका– ४ स्थित चिया दोकान नजिकै पूर्व पश्चिम राजमार्गमा उत्तरबाट दक्षिण तर्फ सडक पार गर्दै गरेको ना ८ ख ३३३३ नम्वरको ट्रकले दक्षिणबाट उत्तर तर्फ बाटो काट्दै गरेको प्रदेश नम्वर १–०४– ००१– प – २४५५ नम्वरको स्कुटरलाई ठक्कर दिँदा दमक ४ निवासी ६८ वर्षीय रामजुलुम नायकको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका नायकलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होममा लगिएपनि उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here