श्रृङ्खलावद्ध डाका घटनामा संलग्न तीन जना पक्राउ

0
265

झापा ।

आपराधिक घटनामा संलग्न भएको भन्दै प्रहरीको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई पक्राउ गरेको छ । श्रृङ्खलावद्ध डाका घटनामा संलग्न समूहका तीन जना पक्राउ गरेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–७ तालामाराङ घर भइ हाल काठमाडौंको नयाँ बस्तीमा बस्दै आएका ३८ वर्षीय रामसिंह तामाङ, मकवानपुरको बागमती गाउँपालिका घर भई काठमाडौंको जोरपाटी बस्दै आएका दिलबहादुर सिङताङ र मकवानपुरको बकैया–५ घर भई काठाडौंको जोरपाटी बस्ने ३५ वर्षीय बाबुलाल थिङ रहेका छन् ।

काठमाडौं उपत्यकाभित्र रातको समयमा जबरजस्ती घरहरूमा प्रवेश गरी परिवारलाई नियन्त्रणमा लिएर नगद तथा गरहगना डाका गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। साउन २४ गते राति कीर्तिपुर नगरपालिका-६ स्थित नारायण बस्नेतको घरमा प्रवेश गरेर सामग्री लुटेर फरार भएका थिए।

त्यसैगरी उनीहरूले अन्य तीन स्थान र उपत्यकाबाहिर एक स्थानमा चोरी गरेका थिए। उनीहरूबाट एक लाख ४२ हजार एक सय रुपैयाँ, खुकुरी, फलामको रड र मोटरसाइकल पनि बरामद गरिएको छ। थप अनुसन्धानका लागि प्रहरी वृत बौद्ध पठाइएको छ। तीनै जना यसअघि पनि विभिन्न घटनामा संलग्न भएको आरोपमा जेल परेका र कैद भुक्तान पछि छुटेर पुनः डाका कार्यमा लागेका अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक कोइरालाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here