झापा ।

झापाको बाह्रदशी गाउँपालिकामा महिला दौड प्रतियोगिता सम्पन्न भएको छ ।
बाह्रदशी–२ महिला समितिको आयोजनामा तीन किलोमिटर महिला दौड सम्पन्न भएको हो । बाह्रदशी गाउँपालिका वडा नम्बर २ खेलकुद समितिको आयोजनामा प्रतियोगिता भएको थियो । प्रतियोगितामा वडा २ का २५ बर्षदेखि माथिका ३४ जना महिलाले भाग लिएका थिए ।
बाह्रदशी गाउँपालिका वाड नं. २को कार्यालयदेखि शुरू भएको दौड बाह्रदशी गाउँपालिका वडा नम्बर २मा रहेको श्री दक्षिणेश्वर शिवालय मन्दिरको प्राङ्गणमा पुगेर समाप्त भएको थियो ।
प्रतियोगितामा प्रथम, दोश्रो, तेस्रो हुनेलाई क्रमशः नगद रू. ५ हजार ३ हजार र २ हजार पुरस्कार प्रदान गरिने बाह्रदशी गाउँपालिका वडा नम्बर २ खेलकुद समिति अध्यक्ष गेहेन्द्र ढुङ्गेलले जानकारी दिए ।


























