तिब्र गतिमा सवारी चलाए कारबाही

0
363

बिर्तामोड ।

सवारी दुर्घटना न्यूनिकरणका लागि चेकजाँचलाई तिब्र बनाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले तिब्र गतिमा चलाइएका सवारीलाई कारबाही शुरु गरेको छ ।

तिब्र गति तथा ओभर ट्याकका कारण झापामा दुर्घटना बढ्न थालेपछि जिल्लाका विभिन्न स्थानमा राडरगनको प्रयोग गरेर गति मापन गरेर तिब्र गतिमा चलाइएका सवारीलाई कारबाहीको दायरामा ल्याउन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख अशोक कुमार जवेगूले जानकारी दिए ।

उनले भने– ‘अशिकांश सवारी र्दुघटना तिब्र गति र ओभरट्याकका कारण भएको छ त्यसलाई नियन्त्रण गर्न पनि राडरगनको माध्यमबाट गति मापन गरेर तिब्र गतिमा चलाइएको पाइए कारबाही शुरु गरेका छौं ।’ र्दुघटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले विभिन्न सचेतना मुलक कार्यक्रमहरु सञ्चालन गरे पनि तिब्र गतिमा सवारी सञ्चालन भइरहेको पाइएपछि जिल्लाका विभिन्न स्थानमा राडरगनको प्रयोग गरेर कारबाही शुरु गरेको बताइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले मुख्य राजमार्गका साथै अन्य सहायक राजमार्गहरुमा विभिन्न सचेतना मुलक होर्डिङ बोर्डहरु पनि राखेको छ । कुन स्थानमा कति गतिमा सवारी सञ्चालन गर्ने विषयसहितका होर्डिङ बोर्डहरु पनि राखिएको बताइएको छ ।

ट्राफिक प्रहरीले सवारी चालकलाई सचेत गराएपनि चालककै लापरबाहीले अधिकांश र्दुघटनाहरु हुने गरेको पाइएको छ । झापामा दैनिक रुपमा तीन–चार वटा र्दुघटना हुने गरेको बताइएको छ । र्दुघटनामा दुई पाङग्रे सवारी धेरै हरेको र अधिकाशं युवापुस्ताका मानिस र्दुघटनामा पर्ने गरेको प्रहरी निरीक्षक जवेगूको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here