मल वितरक संस्थाहरूको अनुगमन

0
334

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले नगरभित्रका मल विउ विक्री वितरण गर्दै आएका संस्थाहरुको अनुगमन गरेको छ ।

सोमबार उप-प्रमुख देवीमाया काफ्लेसहितको टोलीले मल विउ वितरणको जिम्मा लिएका संस्थाहरुको अनुगमन गरेको हो ।

नगर उपप्रमुख एवम् अनुगमन समिति संयोजक देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, कृषि शाखा कर्मचारी सविना राई समेतको टोलीले हाल सञ्चालन भइरहेको मल वितरण कार्यलाई थप व्यवस्थित रुपमा सञ्चालनको सुझाव दिएको थियो।

अनुगमनका क्रममा टोलीले वितरणको अवस्था, व्यवस्थापन तथा समस्याहरुका विषयमा समेत जानकारी लिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here