शिक्षक महासंघ कमलको कार्यसमिती गठनका लागि प्रतिनिधी सस्थाहरुको पहल

0
312

उमानाथ भण्डारी,
कमल ।

नेपाल राष्ट्रिय शिक्षक संगठनको पहलमा कमल गाउँपालिकामा क्रियाशिल शिक्षकहरुको प्रतिनिधी सस्थाको बैठक बसी शिक्षक महासंघ गठनका लागि आ–आफ्नो सस्था बाट कायम रहेका सदस्यहरु निर्धारण गर्ने लगायतका निर्णय गरेको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन कमलको आयोजनामा गाउँपालिकाको वडा नम्वर ५ स्थित मंगलमय माध्यमिक विध्यालयको सभाहलमा आज बसेको बैठकले सो निर्णय गरेको हो ।

शिक्षक महासंघको केन्द्रिय समितीको निर्देशन अनुसार यही भदौ १० गते भित्रमा सबै पालिकाको अधिवेशन सम्पन्न गरिसक्नु पर्ने निर्देशन भए पनि शिक्षक संगठनका विभिन्न घटकले आफ्नो प्रतिनिधी निर्धारण गर्न नसकेका कारण आउदो भदौ २० गते सम्ममा प्रतिनिधी निर्धारण गरी पठाई सक्नु पर्ने निर्णय भएको नेपाल राष्ट्रिय शिक्षक संगठन कमलका अध्यक्ष मधुसुदन अधिकारीले बताए ।

नेपाल राष्ट्रिय शिक्षक संगठन कमलका अध्यक्ष मधुसुधन अधिकारीको अध्यक्षतामा बसेको बैठकमा संगठनका केन्द्रिय प्रतिनिधी मोहन कुमार बगाले, नेपाल शिक्षक संघका केन्द्रिय प्रतिनिधी गोपाल चन्द्र भुजेल, शिक्षक महासंघ झापाका उपाध्यक्ष बद्री कार्कि ,शिक्षक महासंघ कमलका अध्यक्ष हिमप्रसाद दाहाल, शिक्षक संघका कमलका अध्यक्ष हेम कुमार श्रेष्ठ, एकिकृत नेपाल राष्ट्रिय शिक्षक संगठन कमलका अध्यक्ष तेजनाथ भट्टराई र विध्यालय कर्मचारी परिषद कमलका प्रतिनिधी महेन्द्र कुमार अधिकारी लगायतको बैठकले अहिले चलिरहेको विध्यालय कर्मचारीको आन्दोलन प्रति ऐकबद्धता जनाउदै कर्मचारीका जायज मागहरु पुरागर्न नेपाल सरकारलाई अनुरोध गर्दै समयमा माग पुरा नभए शिक्षा क्षेत्रमा श्रृजनाहुने अन्योलताको जवाफदेहि पनि स्वयम सरकार हुने निर्णय भएको संगठनका केन्द्रिय प्रतिनिधी मोहनकुमार बगालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here