अर्जुनधारा ।

हरितालिका तीजको सन्दर्भमा झापाको अर्जुनधारा–४ स्थित ब्राइट बिग्निङ एकाडेमीले आइतबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयका सञ्चालक प्रकाश ओलीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि संस्थापक जीना ओलीले उद्घाटन गरेकी थिइन् ।
त्यसैगरी कार्यक्रममा विद्यालयका अभिभावक, शिक्षक र विद्यार्थीहरुबाट सामूहिकरुपमा तीज सम्बन्धी गीत तथा नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै अभिभावकहरुको एकल नृत्य प्रतियोगितातर्फ उत्कृष्ट भएकी अञ्जना न्यौपानेलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा शिक्षक रेष्मा लिम्बुले गीत प्रस्तुत गरेकी थिइन् । सोही कार्यक्रममा सहभागीहरुलाई सामूहिकरुपमा दर वितरण गरिएको थियो । शिक्षक सुशिला खतिवडाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक राजीव निरौलाले गरेका थिए ।































