पथरीशनिश्चरेमा लोक संस्कृतिको संरक्षण गर्न प्रतियोगिता

0
493

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरका निजी विद्यालयहरुको अन्तर्विद्यालय लोक नृत्य प्रतियोगितामा न्यु पेगोडा र वाल्मीकि प्रथम भएका छन् ।

नेपालका विभिन्न समुदायका लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) पथरीशनिश्चरेद्वारा शनिबार अन्तर्विद्यालय लोक नृत्य छनौट प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा जुनियरतर्फ न्यु पेगोडा अंग्रेजी आवासीय मावि र सिनियरतर्फ वाल्मीकि मेमोरियल अंग्रेजी आवासीय माविले प्रथम स्थान हासिल गरेका हुन्। नगरका सात वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा जुनियरतर्फ वाल्मीकि मावि दोस्रो र रेडस्टार अंग्रेजी आवासीय मावि तेस्रो भए भने सिनियरतर्फ एभरेष्ट आवासीय मावि दोस्रो, रेडस्टार मावि तेस्रो घोषित भएकाे प्याब्सन नगर समिति सचिव सन्तोष बस्नेतले बताए ।

नगरमा पुरस्कार जित्न सफल जुनियर तर्फबाट टप ३ र सिनियर तर्फबाट टप २ विद्यालयहरुले आगामी भदौ १६ गते विराटनगरमा हुने जिल्ला स्तरीय नृत्यु प्रतियोगितामा सहभागिता जनाउने कुरा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरेले नगर समितिको अध्यक्ष सुरेन्द्र लिम्बूले बताएका छन् ।

विभिन्न विद्यालयहरुबाट सहभागी विद्यार्थी कलाकारहरुले थारू, साकेला, झाँगड, गुरुङ, कौडा लगायतका विभिन्न जातजाति सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए । पथरीशनिश्चरे १० स्थित अरुणोदय आवासीय मा.वि. मा आयोजित प्रतियोगितामा नगरप्रमुख मोहन तुम्बापो, नगरको शिक्षा बिभाग प्रमुख शालिग्राम काफ्ले लगायतले शुभकामना दिएका थिए ।

प्रतियोगिता बिजेता समूहलाई कार्यक्रमको प्रमुख अतिथि मोहन तुम्बापो, विद्यालय सञ्चालकहरु नोवलकिशोर खनाल, रवीन कन्दङ्वा, राजु तिम्सिना, दिनेश पोखरेल, उपेन्द्र कँडेल, चन्द्रप्रसाद दुलाल लगायतका अतिथिहरूको हातबाट ट्रफी, मेडल तथा प्रमाण–पत्र प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here