पथरी,

किरात राई पत्रकार संघ मोरङको तेर्स्रो जिल्ला सम्मेलनबाट विजय खम्बू राईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
आईतबार पथरीशनिश्चरे -१ स्थित मनोहर होटल एण्ड पार्कमा भएको सम्मेलनबाट उपाध्यक्ष हिमाल राई, सचिवमा संगीता राई, सहसचिवमा कविता राई र सहकोषाध्यक्षमा पवित्रा राई चयन भएका हुन् भने सदस्यहरुमा शुसिला राई, असिम राई, अविषेक बान्तवा किराँती र सम्झना राई सर्बसम्मत भएका हुन् ।
सम्मेलन आयोजक समितिको संयोजक नारायण राईको सभापतित्वमा र सचिव लक्षणा राईले सञ्चालन गरेको कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राई, किरात राई पत्रकार संघको केन्द्रीय सहसचिव सन्तोष राई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेश समिति सदस्य अर्जुन कुलुङ राई लगायतले शुभकामना दिएका थिए ।
किरात राई पत्रकार संघको राष्ट्रिय सम्मेलन यही भदौ २८ र २९ गते काठमाडौमा हुँदैछ ।































