बिर्तामोड ।

उच्च शिक्षा अध्ययनका लागि क्यानडा जान चहाने विद्यार्थीलाई लक्षित गरेर बिर्तामोडमा एक दिने शैक्षिक परामर्श तालिम सम्पन्न भएको छ ।
बोस्टन एजुकेशन फाउण्डेसन बिर्तामोडको आयोजनामा भएको कार्यक्रममा ३५ जनाभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो ।युर्निभसिटी क्याडा वेस्टका विज्नेस डेभ्लपमेन्ट म्यानेजर नेत्र कोइरालाले उच्च शिक्षा अध्ययनका लागि क्यानडामा रशेका विद्यालयको शैक्षिक अवस्था, त्यहाँको कानुन तथा शैक्षिक गतिविधिका बारेमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।

क्यानडामा भएका विश्वविद्यालयका विषयमा कोइरालाले विद्यार्थीलाई जानकारी दिदैं अध्ययन गर्न जाँदा अप्नाउनुपर्ने विधि र प्रक्रियाका विषयमा जानकारी गराएका थिए । विद्यार्थीलाई क्यानडाका विद्यालयको जानकारी गराउने उद्धेश्यले एकदिने शैक्षिक परामर्श तालिमको आयोजना गरिएको बोस्टन एजुकेशन फाउण्डेसन बिर्तामोडका सिनियर काउन्सिलर प्रदीप लुईटेलले जानकारी दिए ।

विद्यार्थीलाई विश्वविद्यालयको शैक्षिक अवस्था, कानुनी प्रक्रिया, त्यहाँकौ भौगोलिक वातावरण लगायतको विषयमा विर्तामोडमा नै जानकारी दिने उद्धेश्यले एक दिने सेमिनारको आयोजना गरिएको बोस्टन एजुकेशन फाउण्डेसन बिर्तामोडका प्रमुख सुमन शर्मा जम्मरकट्टेलले जानकारी दिए । विद्यार्थीले क्यानडाको शैक्षिक अवस्था तथा त्यहाँ अध्ययन गर्न जाँदा अप्नाउनु पर्ने विषयमा जिज्ञारा राखेका थिए ।
बिर्तामोडमै सबै भन्दा पहिला स्थापित भएको यो शैक्षिक परामर्श केन्द्रले विगतदेखि नै विभिन्न सेमिनारहरु गर्दै आएको जनाइएको छ ।































