झापा । 
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् झापाको सातौ अधिवेशनबाट पाण्डवलाल चौधरी अध्यक्षमा निर्वाचित भएका छन् । थारु कल्याणकारिणी सभाका प्रतिनिधि समेत रहेका चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
झापाको बिर्तामोडमा शनिवारबाट शुरु भएको अधिवेशनको उद्घाटन प्रदेश नम्वर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गरेका थिए । अधिवेशनको बन्द सत्रबाट उपाध्यक्षमा केवलराम राई, रोहित खवास, लीला मगर, सचिवमा लक्ष्मण श्रेष्ठ, सहसचिवमा अनिता राजवंशी, कृष्ण माझी र दिलीप उराव चयन भएका छन् ।
उपाध्यक्षका तीनैजना र सहसचिवमा अनिता राजवंशी सर्वसम्मत चयन भए भने सचिव र बाँकी दुई सहसचिव पदका लागि मतदान भएको थियो । सचिव पदमा लक्ष्मण श्रेष्ठले १३ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी ओमप्रकाश खापुङले मात्र ८ मत प्राप्त गरे ।
परिषद्को सहसचिवको प्रतिष्पर्धामा दिलीप उराव र कृष्ण माझी विजयी हुँदा बुद्धिराम सुनुवार पराजित भए । कोषाध्यक्ष पदमा भने उदय गुरुङ चयन भएका छन् । जातीय संस्थाका प्रतिनिधिहरु समितिको सदस्य रहनेछन् । समितिको कार्यकाल तीन वर्षको हुने जनाइएको छ । झापाका २१ वटा जातीय संस्था महासंघमा आवद्ध रहेका छन् ।































