भद्रपुर।

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनौट प्रतियोगितामा जिल्लाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनौटका लागि झापामा सञ्चालित जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगिताको सोमबार औपचारिक समापन गरिएको छ ।
मेची रंगशालाको कभर्ड हलमा आयोजित एकसमारोहका बीच झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले प्रतियोगिताको औपचारिक समापन गरेका हुन् । यसअघि भदौ ४ गते प्रदेश नं १ को खेलकुद विकास बोर्डका सदस्य सचिव एवम् पूर्व खेलाडी हंशराज वाग्लेले प्रतियोगिता उद्घाटन गरेका थिए ।
५९औ राष्ट्रिय खेलकुद परिषद् दिवसको समेत अवसर पारेर आयोजना गरिएको समापन समारोहमा प्रजिअ रिजालले प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै खेलकुद देशको पहिचानको महत्वपूर्ण आधारस्तम्भ भएकोले खेलकुदलाई सबै क्षेत्रबाट सहयोग पुर्याउनुपर्ने धारणा राखे । उनले खेल र खेलाडीलाई साधन–स्रोत र सुविधा यथोचित ढंगले उपलब्ध गराउन सक्दा मात्र अपेक्षित प्रतिफल प्राप्त हुने बताए ।
समापन समारोहको अध्यक्षता गरेका झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ले छनौट प्रतियोगिताको समग्र गतिविधि बारे जानकारी गराउँदै सीमित स्रोत–साधनका बाबजुद छनौट प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिएको बताए । उनले खेलाडीको छनोट निष्पक्ष र प्रतिस्पर्धात्मक ढंगबाट होस् भन्ने उद्देश्यका साथ सबै विधाका खेलको समिति निर्माण गरी संयोजक तोकिएको पनि जानकारी दिए ।
कराते प्रशिक्षक दुर्गाराज निरौलाले सञ्चालन र समितिका कार्यालय सचिव विष्णु नेम्वाङले स्वागत गरेको समारोहमा समितिकी उपाध्यक्ष गंगा कोइरालाले अतिथिहरुलाई खादा–माला पहिर्याएर स्वागत गरेकी थिइन् ।
सोही अवसरमा झापा जिल्ला खेलकुद विकास समितिमा प्रशिक्षकको रुपमा लामो समय सेवा पुर्याएर सेवानिवृत्त भएका दुई जना प्रशिक्षकलाई सम्मान गरिएको थियो । झापामा हक्की खेललाई जीवन्त राख्न र हक्कीका खेलाडी उत्पादन गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएका प्रशिक्षक ज्ञानेन्द्र खड्का र तेक्वान्दोका प्रशिक्षक प्रदीप श्रेष्ठलाई सम्मान गरिएको हो । उनीहरुलाई समारोहका प्रमुख अतिथि प्रजिअ रिजाल, नयाँ श्रीनाथ गणका प्रमुख सेनानी फडेन्द्र थापा, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक प्रदीपसिंह कार्कीलगायतले दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरेका थिए । समितिका प्रवक्ता जगन दुर्वासा कार्कीले सम्मानपत्र वाचन गरेका थिए । यसअघि खेलकुद परिसर सरसफाई गर्नुका साथै मेची रंगशालाकका वरिपरि बृक्षरोपण गरिएको थियो ।
झापामा छनौट भएका खेलाडीले यही भदौ २४देखि असोज ८ गतेसम्म सञ्चालन हुने १ नं प्रदेशस्तरीय छनौट प्रतियोगितामा भाग लिनेछन् । त्यसका लागि झापाबाट ४४९ खेलाडी छनोट भएको समितिका कार्यालय सचिव नेम्बाङले जानकारी दिए । छनौटमा परेका खेलाडीलाई समितिले जर्सीका साथै अन्य आवश्यक सामग्री उपलब्ध गराउने छ । छनोटमा परेका खेलाडीलाई आवश्यकता अनुसार क्लोज–क्याम्पमा अभ्यास गराइने पनि उनले जानकारी दिए ।
प्रदेशमा सहभागिता जनाउनेखेल र खेलाडीको विवरण
फुटबलः झापाबाट फुटबलका महिला र पुरुषको टिम तयार भएको छ । खेल संयोजक वरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आले ‘मामा’का अनुसार पुरुषतर्फ देवान भुजेल र विकल्प पौडेल गोलकिपरका रुपमा छनौट भएका छन् भने फरवार्डमा प्रदीप बुढाथोकी, अभिषेक श्रेष्ठ, समुएल तामाङ र शान्तिराम बस्नेत, मिडफिल्डरमा मिलन राई, सौगात गोम्देन, सुरज नेम्बाङ र जेम्स लिम्बू तथा डिफेन्समा विकास राई, प्रमोद चौधरी, दिनेश मुर्मू, दिवस उराऊ, कृष्ण गिरी र पेमा तामाङ छनौट भएका छन् ।
महिलातर्फ गोलकिपरमा रञ्जु राजवंशी र जशोदा लावती, फवार्डमा ममता राउत, लक्ष्मी श्रेष्ठ, रोशिका राय, मिडफिल्डरमा गंगामाया राई, सञ्जना राई, मुना भुजेल र सकुन्तला राई तथा डिफेन्समा छत्रिका चौधरी, सुस्मिता चौधरी, ईश्वरी राई, शिवानी भुजेल, सरस्वती दाहाल र वर्षा मगर छनौट भएका छन् ।
भलिबल : पुरुष भलिबलतर्फ विमान खड्का, रोमन बस्नेत, राजन लिम्बू, रोहित शिवाकोटी, पुकार तामाङ, रवीन गौतम, गणेश कटुवाल, कुमार कटुवाल, अनिष निरौला, सुमन राना मगर, भरत यादव, सुजन बुढाथोकी, लीला डाँगी, कृष्ण तामाङ, आकाश नेपाली र प्रकाश लावती चयन भएका छन् भने महिलातर्फ झरना राजवंशी, पवित्रा डाँगी, सुन्यता मगर, रेजिना पन्धाक, नुमा लावती, पूजा सुवेदी, प्रसन्ना बोहोरा, नेहा बोहोरा, प्रशान्ति श्रेष्ठ, निकिता भट्टराई, तानिया राई, मञ्जु मावो, हिरा खड्का र प्राची गौतम चयन भएको प्रशिक्षक हेमा थापाले जानकारी दिइन् ।
क्रिकेट : क्रिकेट पुरुषतर्फ अंकित सुवेदी (कप्तान), भूपालकुमार दंगाल (उपकप्तान), सुजन थपलिया (विकेट किपर), समिर कार्की, मनोज तामाङ, प्रमिश श्रेष्ठ, अनिल लामिछाने, कमल खत्री, प्रनिश विमली (विकेट किपर), सोजनप्रसाद घिमिरे, ज्ञानेन्द्र श्रेष्ठ, विपिन महतो, आशिक राना मगर र अध्यास तिम्सिना छनौट भएको क्रिकेट संघका अध्यक्ष प्रविन थापाले जानकारी दिए ।
कबड्डीः कबड्डी अन्तर्गत पुरुषतर्फ अमृत मेचे, देवप्रकाश प्रधान, धिरज चौधरी, प्रविन राजवंशी, सरमान मेचे, कृष्ण राजवंशी, गिरी राजवंशी, प्रशान्त चौधरी र डम्बरकुमार श्रेठ छनौट भएका छन् । महिलातर्फ राधिका कुमाल, विपना आङ्देम्बे, सविना तामाङ, दिपीका आङ्देम्बे, मुनाहाङ राई, विनिता माझी, मुना बस्नेत, मनमाया तामाङ, गंगा संग्रौला र पेमा डोल्मा तामाङ छनोट भएको प्रशिक्षक रतिया राजवंशीले जानकारी दिए ।
खो–खोः खो–खोअन्तर्गत पुरुषतर्फ कुशल मेचे, खड्ग राजवंशी, अभिषेक राजवंशी, आदर्शकुमार सहनी, सन्तोष थापा, विवेक थापा, ओमप्रकाश गिरी, आदित्य चौधरी, अभिषेक तामाङ, संयोग लिम्बू, एविन भुजेल र रञ्जित राय छनौट भएका छन् । महिलातर्फ निकिता मण्डल, मुना दर्जी, संगीता किस्कू, विनिशा मगर, मोसिमिका राजवंशी, जुनु तामाङ, विन्दा राई, रजनी बजगाँईं, जानुकादेवी राजवंशी, पूजा माझी, अमिता न्यौपाने र सेलिना लावती छनोट भएको प्रशिक्षक जयप्रका राजवंशीले जानकारी दिए ।
एथलेटिक्सः मेची रंगशालामा सम्पन्न एथलेटिक्सको नतिजा अनुसार महिलातर्फ १०० मिटरमा हिमा पौडेल र सविना चौहान, २०० मिटरमा निशा माझी र रेनुका गौतम, ४०० मिटरमा विष्णु चम्लागाईं र दिया बराल, ८०० र १५०० मिटरमा सुस्मिता राई, ५००० मिटरमा सलिना तामाङ र सविना चौहान छनौट भएका छन् । त्यस्तै लङजम्पमा रेनुका गौतम र सविना चौहान, ट्रिपलजम्पमा सविना चौहान, सटपुट र डिस्कसथ्रोमा कञ्चन विमली, ज्याभ्लिन थ्रोमा सलिना तामाङ, हाइजम्पमा रेनुका गौतम र सविना दर्नाल छनौट भएका छन् ।
पुरुषतर्फ १०० मिटरमा विनय धिमाल र राजीव ढुंगाना, २०० मिटरमा प्रजे तामाङ र विनय अधिकारी, ४०० मिटरमा लीला भित्रीकोटी र बिनय अधिकारी, ८०० मिटरमा प्रेम तामाङ र पवनकुमार शाह, १५०० मिटरमा प्रेम तामाङ र मेघराज राई, ५००० मिटरमा सरोज सिंह र सुखदेव टुडू, १० हजार मिटरमा सरोज सिंह र अनिल हेमरम तथा २१ किलोमिटरमा मेघराज राई छनोट भएका छन् । त्यस्तै लङजम्पमा राजीव ढुंगाना र मुकेश चौधरी, ट्रिपलजम्पमा राजिव ढुंगाना र विशाल टुडू, हाईजम्पमा विशाल टुडू र प्रजे तामाङ, ज्याभ्लिनमा शुकराज तामाङ र सुमन दर्जी, सटपुटमा प्रवेश धिमाल, डिस्कसथ्रोमा प्रेम तामाङ र अभिषेक राजवंशी छनोट भएको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए ।
हक्की : हक्की पुरुषतर्फ मनोज चौधरी, सन्तोष बेस्रा, दीपक खतिवडा, कृष्ण तामाङ, विशाल चौधरी, राजु राजवंशी, रिसब चौधरी, नरेश मगर, रोशन श्रेष्ठ, अनिकित प्रधान, शिवजी मगर, किशु मगर, विष्णु घिमिरे, सुदीप चौधरी, कैलाश शिवाकोटी, गोरव कार्की, विवेक राजवंशी र कृष्ण लुइँटेल छनौट भएका छन् ।
महिलातर्फ सिर्जना तामाङ, उषा मुर्मू, रञ्जीता राई, सीमा राई, पूर्णिमा राई, अरुणिमा राजवंशी, अञ्जली पाहान, मनिका समरिया, करुणा चम्लागाँईं, शान्ति कार्की, अस्मिता माझी, सविना दर्नाल, रजिता दंगाल, रोमा ऋषिदेव, रञ्जना राजवंशी, प्रिष्किला मगर, विष्णु जोगी र नूमा आङ्देम्बे छनौट भएको प्रशिक्षक ज्ञानेन्द्र खड्काले जानकारी दिए ।
बास्केटबल : बास्केटबल अन्तर्गत महिलातर्फ उपासना क्षेत्री, विपासना बजगाईं, निष्मा कार्की, सुष्मा दाहाल, सपना मावो, प्रतिमा घिमिरे, आशा गुरुङ, ओशिन तामाङ, सोनिया कन्दङ्वा, इन्दू लिम्बू, पूनम लिम्बू र मेनुका भुजेल छनौट भएका छन् ।
पुरुषतर्फ प्रतिक गोम्देन, सौगात विश्वकर्मा, उत्सव राजभण्डारी, लवकुमार गजमेर, नियारा लिम्बू, रोनल शाक्य, सुदान्सु लिम्बू, नइनम लिम्बू, किशोर कन्दङ्वा, निमा दोर्जे मोक्तान, रोशित श्रेष्ठ, रोदन गुरुङ, सुरजकुमार मैनाली, सरन्द नयौपाने, मौसम विश्वकर्मा, शम्शेर हाङ लिम्बू, सन्दीप लुइँटेल र नुनम कन्दङ्वा छनोट भएको प्रशिक्षक प्रकाश लिङदेनले जानकारी दिए ।
बक्सिङमा महिलातर्फमा ५, पुरुष ११ रहेका छन् । त्यस्तै कराँतेको कातातर्फ महिला १, पुरुष १, कुमुतेतर्फ महिला ७, पुरुष ७ रहेका छन् । त्यस्तै तेक्वान्दोको सिंगलमा पुरुष १ महिला १, डबरमा २ रहेका छन् । कुम्सेमा महिला १, पुरुष १ र ग्यारिगीमा महिला ५, पुरुष ५ छनौट भएका छन् ।
त्यस्तै आईटीएफ तेक्वान्दोको प्याटर्नतर्फ पुरुष ४, महिला १० चयन भएका छन् भने जुडोमा पुरुष ६ र महिला सात जना छनौट भएको बताइएको छ ।
त्यस्तै जिम्न्याष्टिकमा ५ जना पुरुष, उसुमा ८ जना पुरुष र ५ जना महिला छनौट भएका छन् । त्यस्तै थाउलुतर्फ पुरुष दुई जना र महिला तीन जना छनौट भएका छन् ।
त्यसैगरी भारत्तोलनमा महिलातर्फ ४९ केजीमा १ जना, ५५ मा १ जना, ५९ जनामा १ जना छनौट भएका छन् भने पुरुषतर्फ ५५ केजीमा १ जना, ८१ केजीमा १ जना, ८९ केजीमा २ जना छनौट भएको खेलकुद विकास समिति झापाले जनाएको छ ।
त्यस्तै ब्याडमिन्टनतर्फ पुरुषमा ५ जना छनौट भएका छन् भने महिलामा दुई जना छनौट भएका छन् । त्यसैगरी पौडीमा पुरुषतर्फ तीन जना र महिलातर्फ दुई जना छनौट भएका छन् भने सेपाक्ताक्रोमा पुरुषतर्फ ५ जना, महिलातर्फ ५ जना छनौट भएका छन् ।
त्यसैगरी टेबलटेनिसमा पुरुषतर्फ ५ जना र महिलातर्फ १ जना छनौट भएका छन् । त्यस्तै आर्चरीमा पुरुषतर्फ ५ जना, महिलातर्फ ५ जना चयन भएका छन् । त्यसैगरी बुद्धिचाल (चेस)मा पुरुषतर्फ दुई जना, महिलातर्फ दुई जना छनौट भएका छन् भने शारीरिक सुगठनमा पुरुषतर्फ दुई जना, बडीविल्डिङतर्फ ७ जना पुरुष छनौट भएका छन् भने रग्बी खेलका लागि पुरुषतर्फ १० जना छनौट भएका छन् ।
त्यस्तै कुस्ती अन्तर्गत पुरुषतर्फ ९ जना, महिलातर्फ ५ जना छनौट भएका छन् भने साइक्लिङमा पुरुषतर्फ ८ जना छनौट भएका छन् । त्यस्तै सुटिङतर्फ ८ जना छनौट भएको समितिका कार्यालय सचिव विष्णु नेम्बाङले जानकारी दिए ।


























