अग्रज पत्रकार ढकालद्धारा पत्रकार उपचार कोषमा सहयोग

0
339

बिर्तामोड ।

अग्रज पत्रकार बिर्तामोड १ निवासी लक्ष्मण ढकाल–दुर्गा ढकाल दम्पत्तिले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि १५ हजार पाँच सय पाँच रुपैयाँ प्रदान गरेका छन् ।

पत्रकार ढकालको जन्मोत्सवको अवसरमा शनिबार उनीहरुले पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, सहसचिव अर्जुन राजवंशीलाई उक्त रकम प्रदान गरेका हुन् । अग्रज पत्रकार ढकाल पूर्वाञ्चल दैनिकका डेस्क सम्पादक हुन् । पत्रकार महासंघका सदस्य समेत रहेका ढकाल साढे चार दशकदेखि पत्रकारितामा क्रियाशील छन् ।

पत्रकारितामा क्रियाशील साथीहरुको सामाजिक सुरक्षामा योगदान गर्न आफूले कोषमा सहयोग गरेको ढकालले बताए । आफूले झैं अन्य साथीहरुलाई पनि कोषमा योगदान गर्न ढकालले आग्रह गरे । झापाली पत्रकारको सामाजिक सुरक्षा र दीगो हितमा महासंघले महाअभियान सञ्चालन गरेर प्रशंसनीय काम गरेको भन्दै ढकालले कोषको लक्ष्य हासिल गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।

रकम हस्तान्तरण कार्यक्रममा महासंघ प्रदेश समिति सदस्य सुरेन्द्र भण्डारी, स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष नरेन्द्र ढकाल, खेलकुद पत्रकार मञ्च झापाको अध्यक्ष हिमाल खरेल, अर्जुनधारा प्रेस क्लवका कोषाध्यक्ष अमित खम्बू, पत्रकार चन्द्र बस्नेत लगायतको सहभागिता थियो ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हाल करिब ६० लाख जम्मा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here