करेन्ट लागेर २ जनाको मृत्यु

0
622

बिराटनगर,

सुनसरी र खोटाङको दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । सुनसरीको दुहवी नगरपालिका(८ का ५० बर्षीय दिपक मगर भनिने चन्द्र थापामगर आफ्नै घरको छतमा छत सफा गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भई उपचारको लागी टिचिङ अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । यसैगरी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(१० का ३५ बर्षीय प्रकाश राईको पनी करेन्ट लागेर मृत्यु भएको छ । शनिवार बेलुका म्याखम खोला हाईड्रोपावरको पोलमा जम्पर जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका राईको उपचारको क्रममा फेम्ली केयर अस्पताल दिक्तेलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । दुबै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here