बिर्तामोड, स्थानीय तह कर्मचारी युनियन नेपाल बिर्तामोड नगरपालिकाको अध्यक्षमा राजीबकृष्ण विष्ट निर्बाचित भएका छन् ।
नेपाली कांग्रेस सम्बद्ध कर्मचारीहरुको बिर्तामोडस्थित पार्टी कार्यालयमा आज सम्पन्न दोस्रो नगर अधिवेशनबाट अध्यक्ष पदमा बिष्ट सर्बसम्बत निर्बाचित भएका छन् । उनी बिर्तामोड नगरपालिका स्वास्थ्य शाखा प्रमुख अधिकृत सातौं हुन् ।
त्यस्तै उपाध्यक्षमा वशन्त ढकाल,सचिवमा टिकाराम बिष्ट,कोषाध्यक्षमा प्रतिमा कार्की निर्बाचित भएका छन् ।
१९ सदस्यीय समितिको सदस्यहरुमा शान्ता कार्की बिष्ट, प्रकाश मैनाली, टीकाराम खतिवडा,अनोज नेपाल, बविन सुवेदी, महेन्द्र घिमिरे, अंगत मैनाली, इन्द्र सिटौला, लतासिंह राजवंशी, हरि गुरुङ, गणेश पराजुली, अनिल बास्कोटा, निशा गुरुङ, वशन्त ढकाल, देवेन्द्र आचार्य रहेका छन् ।
नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुँमागाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रम भाष्कर लुइँटेलको अध्यक्षतामा भएको थियो ।
बशन्त ढकालले स्वागत गरेको कार्यक्रममा नेपाल टेड्र युनियन कांग्रेस झापाका सभापति यज्ञप्रताव अधिकारी, कांग्रेस नेता जलकुमार गुरुङ, भोजराज सिटौला, कूल प्रसाद संग्रौला, सूर्य कन्दङ्वा लगायतले बोलेको स्थानीय तह कर्मचारी युनियन नेपाल झापाका अध्यक्ष मेघराज वास्तोलाले जानकारी दिए । कार्यक्रमको सञ्चालन टिकाराम विष्टले गरेका थिए ।


























