बधाई छ

0
573

तिमीलाई तिम्रो जीवन बधाई छ

गहिराईमा पुगेर तिम्रो बारेमा सोच्नु

मेरो मुर्खयता थियो,

त्यसैले त, तिमीलाई तिम्रैपनको बधाई छ ।

भावना, चाहाना, अनि इच्छाको कदर कहाँ यहाँ ,

अध्यारोमा जुनकीरीको उज्यालोवाट बाटो

खोज्नु जस्तै भयो जीवन ।।

त्यसैले त तिमीलाई तिम्रैं भावनाको बधाई छ ।

तिमीले सम्झनु र मैले सम्झाउन बाध्य बनाउनु

फरक छ नि माया, सम्झाईमा भावना हुन्छ,

सम्झाउनुमा रिस ।।

त्यसैले त तिमीलाई तिम्रै यादहरुको बधाई छ ।

जीवन त्यस्तै सुन्दर थियो , तिम्रो आगमनले

सुन्दरता थपियो या बेदना, खोई प्रश्न

माथि प्रश्न भयो मन ।।

त्यसैले त तिमीलाई तिम्रै सम्मानको बधाई छ ।

लेखक : बाल्मीकि एकुजेशन फाउण्डेशनकी शिक्षक हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here