राहत माग्दै झापाका किसानले बुझाए प्रधामन्त्रीलाई ज्ञापनपत्र

0
183

झापा ।

तत्काल किसानलाई राहत रकम उपलब्ध गराइनुपर्ने माग राख्दै झापाका किसानले प्रधानमन्त्री शेरवहादुर देउवा समक्ष ज्ञापनपत्र बुझाएका छन् ।

झापाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालमार्फत झापाका किसानले मंगलवार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । शिवसताक्षी नगरपालिका–६का अगुवा कृषक लक्ष्मीप्रसाद भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय झापा पुगेको किसानको टोलीले प्रजिअ रिजालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

झण्डै एक वर्ष अघि बेमौसमी बर्षाले धानबालीमा पु¥याएको क्षतिको राहत झापाका किसानले अझै पाउन सकेका छैनन् । गत वर्ष (२०७८ साल असोज) महिनामा वर्षासहित आएको हावाहुरीले धान बालीमा ठूलो क्षति पु¥याएपछि सरकारले कृषकलाई राहत दिने घोषणा गरेको थियो । तर, आफूहरुले हालसम्म सरकारबाट कुनै पनि प्रकारको राहत रकम नपाएको भन्दै तत्काल किसानलाई राहत उपलब्ध गराउनुपर्ने माग सहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनु परेको भण्डारीको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी रिजाललाई ज्ञापनपत्र बुझाउँदै सरकारले तत्काल किसानलाई राहत रकम उपलब्ध नगराए झापाली किसानले हलोकोदालो लिएर प्रधानमन्त्री कार्यालय घेराऊ गर्ने चेतावनी दिइएको छ । उनीहरुले सहज रुपमा सरकारले रासायनिक मल समेत उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।

गत वर्ष आएको अविरल वर्षाका कारण झापामा ५१ हजार आठ सय ४५ जना किसानको धानबालीमा क्षति भएको जिल्ला कृषि ज्ञान केन्द्र झापाको तथ्याङ्कमा उल्लेख छ । अविरल वर्षाका कारण झापामा २१ हजार नौ सय २१ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको थियो ।

जिल्ला कृषि ज्ञान केन्द्र झापाको तथ्यांक अनुसार झापाका १५ वटै पालिकामा वर्षाले क्षति पु¥याएको थियो । वर्षाका कारण झापामा ३७ करोड ६४ लाख ३२ हजार २ सय ९१ रुपैयाँ बरावरको क्षति भएको जिल्ला कृषि ज्ञान केन्द्र झापाको तथ्याङ्कमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here