चोरीको आरोपमा दुई जना पक्राउ

0
236

झापा ।

झापाको भद्रपुर नगरपालिका–७ का राजेन्द्र गिरीको घरमा चोरी गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ ।

गिरीको घरमा चोरी भएको भन्ने सूचनाको आधारमा चोरीमा संग्लग्नहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले चोरीमा संग्लग्न रहेका दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका–१० का २२ बर्षीय रितिक कुमार शर्मा र भद्रपुर नगरपालिका–७ का रोशन राजवंशी रहेका छन् । उनीहरुलाई चोरी भएका मोवाइल र सुनका बिभिन्न किसिमका गरगहना सहित प्रहरीले पक्राउ गरेको हो ।

चोरीको आरोपमा पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here