असोज १० गते प्रथम जिल्लास्तरिय तेक्वान्दो प्रतियोगिता हुने

0
372

अर्जुनधारा ।

नेपाल खेलकुद महासंघ(नेकोस) अर्जुनधारा नगर कमिटीको आयोजनामा आगामी असोज १० गते प्रथम जिल्लास्तरिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

विजया दशमीको अवसर र खेलकुद क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष हेमलाल परियारले जानकारी दिए ।

अर्जुनधारा–८स्थित शनिश्चरे माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने प्रतियोगितामा जिल्लास्थित २२ वटा डोजाङका १५० जना खेलाडीको सहभागिता रहने महासंघका कोषाध्यक्ष एवम् प्रतियोगिताका संयोजक विवेक गिरीले जानकारी दिए ।

प्रतियोगिता अन्र्तगत पुरुषतर्फ ३३ तल, ३७ तल, ४१ तल, ४५ तल, ४९ तल, ५४ तल र ५८ तल तथा महिलातर्फ ३७ तल, ४१ तल, ४४ तल, ४७ तल र ५१ तलको तौल समूहमा प्रतिष्पर्धा हुनेछ । त्यसैगरी पुरुष र महिला जुनियर पुम्से पनि हुने बताइएको छ ।

महासंघका अध्यक्ष परियारको अध्यक्षता र महासंघका केन्द्रीय सचिवालय सदस्य रविन खरेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सहायक प्रशिक्षक जीतेन मेचे, झापा जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष कुमार भट्टराई, बा¥हघरे सितोरियो कराते डोजोका अध्यक्ष नारद नेपाललगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा महासंघ प्रदेश कमिटीका सदस्य जीवन राई, झापाका अध्यक्ष भवानी बराललगायतले प्रतियोगिताको विषयमा जानकारी गराएका थिए । महासंघका उपाध्यक्ष गोविन्द खतिवडाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव आनन्द कट्टेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here