होटल व्यावसायी संघ दमकको आयोजना निःशुल्क स्वस्थ्य शिविर

0
218

उमानाथ भण्डारी,
कमल ।

झापाको शिवसताक्षी नगरपालिकामा एक दिने निःशुल्क स्वस्थ्य शिविर सम्पन्न भएको छ ।

होटल व्यावसायी संघ दमकको आयोजना तथा लाईफलाईन अस्पताल दमक र दृष्टि आँखा अस्पताल विर्तामोडको प्राविधीक सहयोगमा नगरपालिकाको वडा नम्वर ३ मा एक दिने नि शुल्क स्वस्थ्य शिविर सम्पन्न भएको छ ।

नगरपालिकाको वडा ३ स्थित पारावारी बजारमा संचालित स्वस्थ्य शिविरको नगरप्रमुख मेघहाङ्ग थोप्रा (रोशन )ले उद्घाटन गरेका थिए । पछिल्लो समय विभिन्न प्रकारका रोगका कारण गाउँमा समेत विरामिहुने क्रम बढी रहेको छ । यस्तो अवस्थामा होटल व्यवसाय संघ दमकले स्वस्थ्य शिविर आयोजना गरेर नगरवासी लाई धेरै ठुलो सहयोग पुर्याएको छ ।

गाउँका जनता सहरमा पुगेर सेवालिन समेत समस्या परिरहेको बेला विशेषज्ञ डाक्टर सहितको टोलि गाउँमा आएर स्वस्थ्य सेवा प्रदान गरेकोमा आयोजकलाई नगरप्रमुख मेघहाङ्ग थोप्रा (रोशन )ले धन्यवाद दिए ।

होटल व्यवसायी संघ दमकले यस्ता स्वस्थ्य शिविर बर्षेनी गरिरहेको होटल व्यावसायी संघ दमकका महासचिव भुपेन्द्र न्यौपानेले बताए । शिवरिमा फिजिसियन डाक्टर केशर बहादुर गुरुङ्ग , हाडजोर्नि डाक्टर मनोज शाहा , महिलारोग विशेषज्ञ डाक्टर राजेश्वर प्रसाद शाह, डेन्टर सर्जन डाक्टर एलिना मिश्र लगायतको विशेषज्ञ टोलि द्वारा विरामीको उपचार गरिएको लाईफलाईन अस्पताल दमकका स्वस्थ्य शिविर संयोजक डम्वर मोतेले जानकारी दिए ।

शिविरमा कान र आँखाका तीन सय ६ जना हाडजोर्नि,स्त्रीरोग,फिजिसियन र दाँतका दुई सय ८५ जना गरी जम्मा पाँच सय ९१ जनाले निःशुल्क स्वस्थ्य शिविरबाट सेवा लिएको आयोजक होटल व्यवसायी संघ दमकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here