पेट्रोल पम्पमा सहयोग सामग्री प्रदान गर्दै मेची पेट्रोलियम डिलर्स

0
230

बिर्तामोड ।

मेची पेट्रोलियम डिलर्स एशोसिएशनले अग्नि नियन्त्रणदेखि कामदारलाई सुरक्षा सामग्री वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ ।

पूर्वका चार जिल्लामा रहेका पेट्रोल पम्पहरुमा हुन सक्ने जोखिमलाई ध्यानमा राखेर अग्नि नियन्त्रण सामग्री प्रदान गरेको मेची पेट्रोलियम डिलर्स एशोसिएशनले हाल पम्पमा कार्यरत कर्मचारीलाई लाइट ज्याकेट वितरण कार्यक्रम गरिरहेको छ । रातिको समयमा पनि काम गर्नुपर्ने भएकाले उनीहरुलाई लाइट ज्याकेट वितरण गरिएको बताइएको छ ।

मेची पेट्रोलियम डिलर्सका अध्यक्ष नवीन कोइरालाले पेट्रोल पम्पहरु उच्च जोखिममा र अति प्रज्ज्वलनशील वस्तु आयात निर्यात गर्नुपर्ने भएकाले कुनै पनि दुर्घटना नहोस् भनेर अग्नि नियन्त्रणका सामग्री प्रदान गरिएको साथै अहिले कामदारलाई ज्याकेट वितरण कार्यक्रम गरिरहेको जानकारी दिए । पम्पमै पुगेर सामग्री वितरण गरिरहेको जनाइएको छ ।

मेचीमा रहेका ५७ वटा पेट्रोल पम्पहरुलाई उक्त सामग्री प्रदान गरिने बताइएको छ । मजदुरहरुको एक लाखको स्वास्थ्य बिमा, जुनसुकै दुर्घटनालाई प्रतिव्यक्ति १० लाखको दुर्घटना बीमा गरिएको साथै चारआली डिपोबाट विलिङ भई पेट्रोलियम पदार्थ ढुवानी गर्दा सदस्य पम्पमा नपुगी दुर्घटना भई पेट्रोलियम पदार्थ नोक्सान भएमा सोको क्षतिपूर्ति वापत बीमा भुक्तानी दिने लगायतका कामलाई प्राथमिकता दिएको मेची पेट्रोलियम डिलर्स एशोसिएशनले हाल पम्पमा कार्यरत कर्मचारीलाई ज्याकेट वितरण गरिरहेको अध्यक्ष कोइरालाले जानकारी दिए ।

पेट्रोलियम पदार्थ कारोबार गर्ने व्यक्तिहरुलाई तालिम, गोष्ठी, सेमीनार जस्ता कार्यक्रम गर्दै पेट्रोलियम पदार्थको दुर्घटना बीमालाई निरन्तरता दिँदै व्यवसायीलाई बढी मात्रामा सेवा प्रदान गर्न आफूहरुले पहल गरिरहेको अध्यक्ष कोइरालाको भनाइ छ ।

पूर्वका चार जिल्लामा हुने पेट्रोलियम कारोबारलाई व्यवस्थित गर्दै ग्राहकलाई धेरै सुविधा उपलब्ध गराउन मेची पेट्रोलियम डिलर्स एशोसिएशन लागीपरेको महासचिव बिनोद बस्नेतले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here