पातो सडकको निर्माण सुस्त

0
378

गोलबजार, 

सप्तरीको हुलाकी सडकको सहायक सडक खण्डको रुपमा निर्माण भइरहेका कठौना– पातो– फत्तेपुर–कटैया सडक निर्माण सुस्त छ ।

विसं २०७५ जेठ ४ गते भएको सम्झौता अनुसार विसं २०७७ मङ्सिर १७ गते सम्म सडक निर्माण सक्नुपर्नेमा सो सडकको ४८ प्रतिशत कार्य मात्रै सकिएको हुलाकी सडक आयोजना कार्यालयका इटहरीका इञ्जिनीयर सञ्जयकुमार ठाकुरले जानकारी दिनुभयो । अहिले सम्म तेस्रो पटक म्याद थप भई सकेता पनि सडक निर्माण कार्यले गति लिएको छैन ।

वर्षामा हिल्लामै हिउँदमा धुलामै हुने यो सडक हुँदै दैनिक एक दर्जन भन्दा बढी यात्रुबाहक बस राजविराज, विराटनगर, जनकपुर, सङ्घीय राजधानी काठमाडौँंसम्म पुग्छ । सडक समयमै कालोपत्र नभएकोले गाडीले उडाएको धुलोले दिउँसै अध्यारो हुने गरेको छ । डाकनेश्वरी नगरपालिका –१ अमरलति चौकका धुव्र चौधरीले भन्नुभयो,“स्थानीयमा धुलोबाट श्वाशप्रशस्वासको रोग देख्न थालेकोछ अहिले सडकमा कुनैपनि निर्माण कार्य भइरहेको छैन ।

वर्षात्को मौसम सकियो । सडक निर्माण भएको छैन । ” रु ७० करोड ४४ लाख ६१ हजार ४३ भ्याटसहित रकममा निर्माण भइरहेको सडकाको कूल लम्बाइ १८ किलोटिर चौडाइ ११ मिटर रहेको छ । सात मिटर चौडाइ मात्र कालोपत्र हुने र कठौना बजारमा एक किलोमिटर र पातो बजारमा आठ सय मिटर नला निर्माण हुने इञ्जिनीयर संजय कुमार ठाकुरले जानकारी दिनुभयो ।

उहाँले ग्रामीण बस्तीमा थप नालाको आवश्यकता रहेको बताउनुभयो । फत्तेपुर, कटैयामा गाउँमा दुई किलोमिटर सडकमा स्थानीयवासीले मुआब्जा मागिरहेको तर कार्यालयमा सो सडक खण्डका लागि कुनै किसिमको मुआब्जा व्यवस्था निर्धारण नभएकोले स्थानीयवासीको सो माग पूरा गर्न नसकेको इञ्जिनीयर ठाकुरले बताउनुभयो ।

सो सडक हुलाकी सहायक खण्डको रुपमा पूर्व–पश्चिम राजमार्गको कठौना बजारदेखि दक्षिण भारतीय सीमासम्म बन्ने भएको छ । यसमा कठौनादेखि मुख्य केन्द्र विन्दुको रुपमा रहेको पातो बजारसम्म ग्रावेलको काम पूरा गरेर निर्माण कम्पनीले सडकको काम अलपत्र छाडेको छ ।

उक्त सडक निर्माण कार्यको लागि जेभीमा कान्छाराम–बामती—देव एण्ड सायर ठेक्का पाएकोमा सो सडकको निर्माण बामती भण्डार निर्माण सेवाले गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here