सुरेन्द्र भण्डारी
झापा, संविधानको धारा ३८ को उपधारा ४ मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हकको व्यवस्था गरिएको छ । तर, आगामी मंसीर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्बाचनका लागि झापामा सत्तारुढ गठबन्धन दलले महिलालाई स्थान नदिएको पाइएको छ ।
गठबन्धन दलका तर्फबाट उम्मेदवारी दिने प्रक्रियामा महिलाको अबस्था शून्य देखिएको छ । प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि झापामा सत्तारुढ गठबन्धन दलले महिलालाई उम्मेद्वार नै बनाएको छैन । लैंगिक आधारमा अधिकार स्थापित गर्न राजनीतिक दलको महत्वपूर्ण भूमिका हुने गर्छ । तर, सत्तारुढ गठबन्धन दलले यस पटक महिलालाई स्थान नदिएको पाइएको हो ।
झापाका पाँचवटै निर्वाचन क्षेत्रमा आइतवार गरिएको उम्मेद्वारी दर्ताका क्रममा सत्तारुढ गठबन्धन दलका तर्फबाट एक जना पनि महिलाको उम्मेद्वारी नपर्नुले महिलालाई स्थान नदिएको प्रश्ट छ ।
झापा क्षेत्र नं–१ मा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभा सदस्य पदमा उम्मेद्वारी दर्ता गराउनुभएको छ ।
प्रदेश सभा सदस्यका लागि झापा क्षेत्र नं–१ को (१) मा नेपाली कांग्रेसका गोपाल तामाङ र १ को (२) मा नेकपा माओवादीका श्यामविर लिम्बूले मनोनयन दर्ता गराउनुभएको हो ।
यता झापा क्षेत्र नं–२ मा गठबन्धन दलको समर्थनमा हरिकुमार रानाले प्रतिनिधिसभा सदस्य पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ ।
प्रदेश सभा सदस्यका लागि क्षेत्र नं २ को (१) मा नेकपा समाजवादीका पुष्पराज पोखरेल र २ को (२)मा नेपाली कांग्रेसका नेता खगेन्द्र मैनालीले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।
झापा क्षेत्र नम्वर ३ मा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा सदस्य पदमा उम्मेद्वारी दर्ता गराउनुभएको छ ।
प्रदेश सभा सदस्यका लागि क्षेत्र नं–३ को (१) मा नेपाली कांग्रेसका नेता भूमिप्रसाद राजवंशी र ३ को (२) मा नेकपा माओवादीका पूर्णसिंह राजवंशीले उम्मेद्वारी दर्ता गराउनुभएको हो ।
यता झापा क्षेत्र नम्वर ४ मा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउनुभएको छ ।
प्रदेश सभा सदस्यका लागि भने झापा क्षेत्र नं–४ को (१) मा गठबन्धन दलका तर्फबाट नेकपा माओवादीका झलकसिंह दर्लामी र ४ को (२) मा नेपाली कांग्रेसका युवा नेता एकराज उप्रेतीले मनोनयन दर्ता गराउनुभएको छ ।
झापा क्षेत्र नं–५ मा गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका युवा नेता खगेन्द्रपाण्डव अधिकारीले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।
प्रदेश सभा सदस्यका लागि झापा क्षेत्र नं–५ को (१) मा नेपाली कांग्रेसका जीवनकुमार राई र ५ को (२) मा नेकपा माओवादीका रेवतराज पुरी गगनले उम्मेद्वारी दर्ता गराउनुभएको हो ।
यता नेपाल कम्युनिष्ट पार्टी एमालेबाट समेत प्रतिनिधि र प्रदेश सभा सदस्य पदमा महिला उम्मेद्वारी छैन । नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसंग चुनावी तालमेल गरेको छ । राप्रपाबाट भने झापा क्षेत्र नम्वर १ को (२) बाट सविना बजगाईलाई महिला उम्मेद्वारको रुपमा निर्वाचनमा सहभागी गराउने भएको छ ।
एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रमा स्वातन्त्र उम्मेद्वार धेरै
झापा,नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा प्रतिनिधि सभा सदस्य पदका लागि २७ जनाले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराउनेमा स्वतन्त्र उम्मेद्वार मात्रै १४ जना रहेका छन् ।
आगामी मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनका लागि आइतवार मनोनयन दर्ता गराईएको थियो । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाका पाँच निर्वाचन क्षेत्रका लागि १०१ जनाले प्रतिनिधि सभा तर्फ र १०६ जनाले प्रदेश सभा तर्फ उम्मेद्वारी दर्ता गराएका हुन् ।![]()
प्रतिनिधि सभा सदस्य पदका लागि मनोनयन दर्ता गराउने मध्ये सबै भन्दा धेरै झापा क्षेत्र नम्वर ५ मा नै रहेका छन् । त्यसमा पनि स्वान्त्र उम्मेद्वारको सख्या धेरै रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी कुमार नेपालले जानकारी दिनुभयो । नेपालका अनुसार यो निर्वाचन क्षेत्रमा सहभागी दलमध्ये १४ जनाको स्वतन्त्र उम्मेद्वारी हुन् ।
प्रमुख दलले प्रतिनिधि सभा सदस्य पदका लागि झापा क्षेत्र नम्वर ५ मा महिलालाई उम्मेद्वार नबनाएपनि अन्य साना दलका चार जना महिहलालाई उम्मेद्वार बनाउँदै मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिनिधि सभा सदस्यका लागि ९ महिला सहित स्वातन्त्र ३३ गरी झापामा १०१ जनाको उम्मेद्वारी रहेको छ । जसमा झापा क्षेत्र नम्वर १ मा ३ महिला सहित १६ जना, २ मा एक महिला सहित २० जना, ३ मा १८ जना, ४ मा एक महिला सहित २० र ५ मा ४ महिला सहित २७ जनाको उम्मेद्वारी रहेको छ ।
यता प्रदेश सभा सदस्यका लागि १०६ जनाको उम्मेद्वारी रहेको छ । जसमा ११ महिहला र २४ स्वतन्त्र छन् ।
एमालेमा गिरी, कांग्रेसमा भट्टराई र राप्रपामा ओली वागी उम्मेद्वार
प्रमुख ठूला तीन दलमा टिकट बाडफाडमा कुरा नमिल्दा बागी (स्वतन्त्र) उम्मेद्वार खडा भएका छन् ।
विशेष गरी सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपामा वागी उम्मेद्वार खडा भएका हुन् ।
झापा क्षेत्र नम्वर २ मा नेपाली कांग्रेसबाट कुमार भट्टराईले प्रतिनिधि सभाका लागि उम्मेद्वारी दर्ता गराएका छन् भने क्षेत्र नम्वर ३ मा डम्मवर गिरी र ४ बाट राप्रपाकी नेतृ खस्बू ओलीले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएकी हुन् ।
बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष भट्टराई नेपाली कांग्रेसका तर्फबाट उद्योग वाणिज्य संघ १ नम्वर प्रदेशमा मनोनित भएका सदस्य हुन् ।
यता गिरी नेकपा एमालेको सचिवालय सदस्य हुन् । उनी हल्दिवारी गाउँपालिकाको निर्वतमान उपाध्यक्ष समेत हुन् ।
यता राप्रपाकी प्रशिक्षण विभागकी सदस्य ओलीले राप्रपाबाट टिकट नपाएपछि झापा ४ बाट प्रतिनिधि सभाकै लागि स्वातान्त्र उम्मेद्वारी दर्ता गराएकी हुन् ।
टिकट नपाएपछि नेकपा एमालेका हरिकुमा रानाले भने दल बदलेर उम्मेद्वा बनेका हुन् । उनी नेकपा एमाले छाड्दै माओवादीको चुनाव चिन्ह्रबाट गठबन्धनदलको उम्मेद्वारको रुपमा झापा क्षेत्र नम्वर २ मा प्रतिनिधि सभाकै लागि उम्मेद्वार बनेका छन् ।
को संग कस्को प्रतिष्पर्धा

कस्को उम्मेद्वारी के मा ?
प्रतिनिधिसभा सदस्यका लागि यस क्षेत्रबाट सत्ता गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा, एमाले गठबन्धन अन्तर्गत एमालेबाट अग्नि खरेल, ओमनाथ भण्डारी –राष्ट्रिय स्वतन्त्र पार्टी, ओलिन राजवंशी–लोकतान्त्रिक समाजवादी, केन्द्रकुमारी दहाल– स्वतन्त्र, चित्रहाङ जबेगू –राष्ट्रिय जनमुक्ति पार्टी, खण्डबहादुर अधिकारी–हाम्रो नेपाल पार्टी, पदममाया लिम्बू –संघीय लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै विकास राजवंशी–स्वतन्त्र, मुकुन्द दहाल–नेपालका लागि नेपाली पार्टी, रोशन बास्तोला–जन समावादी पार्टी नेपाल, राधा थापा–जनता समाजवादी पार्टी नेपाल, रामकुमार काफ्ले –नेपाल जनता पार्टी, बिदुरकुमार खतिवडा–स्वतन्त्र, सन्तराज कार्की–राप्रपा नेपाल र सन्तोष तामाङ– मंगल नेशनल अर्गनाइजेशन पार्टीबाट उम्मेद्वारी दर्ता गराएका छन् ।
त्यस्तै प्रदेश सभा सदस्यका लागि यस क्षेत्रको क्षेत्र १ को १ मा ६ जनाले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी दिनेहरुमा गंगालाल राजवंशी– लोसाप नेपाल, गोपाल तामाङ –नेकां, मीरा कार्की –जसपा, रवीन कोइराला – एमाले, सागर राई – मंगोल नेशनल अर्गनाइजेशन, सीता दुलाल– मौलिक जरोकिलो पार्टीबाट उम्मेद्वारी दर्ता गराएका छन् ।
त्यस्तै १ को २ बाट ओमप्रकाश खापुङ– जसपा, कल्याण खड्का –राप्रपा नेपाल, गीताप्रसाद अधिकारी – स्वतन्त्र, नन्दकुमार लिम्बू– राजपा, प्रकाश राई– नेपाल संघीय समाजवादी पार्टी, प्रदीप राई –संघीय लोकतान्त्रिक, मोहनसिंह लिम्बू – मंगोल नेशनल, रमा मेचे–लोसपा, राजन चिमरिया–स्वतन्त्र, श्यामबीर लिम्बू– माओवादी केन्द्र एकल चुनाव चिन्ह, सबिना बजगाई –राप्रपा, हिराप्रसाद पोखरेल – स्वतन्त्रबाट उम्मेद्वारी दिएका छन् ।
त्यस्तै क्षेत्र नं. २ को प्रतिनिधिसभातर्फ अकलबहदुर तामाङ– मंगोल नेशनल, अर्पण बस्नेत –स्वतन्त्र, कमलप्रसाद खरेल –राप्रपा, कुमार भट्टराई –स्वतन्त्र, कृष्णप्रसाद गौतम–जनसमाजवादी, खेमराज दहाल –स्वतन्त्र, चेतकुमार खनाल–स्वतन्त्र, देवराज घिमिरे–एमाले, नारायणबहादुर भारती–नेपाली कांग्रेस बीपी, परशुराम मगर –राजमुले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै भद्रप्रसाद नेपाल–स्वतन्त्र, महेन्द्र खायमली– नेमकिपा, राजकुमार तामाङ–स्वतन्त्र, रामसुफल कामती–जसपा, रुद्रप्रसाद गिरी–स्वतन्त्र, रेश्मा चेम्जोङ– संलोराम, सन्तोष घिमिरे–नेपाल विवेकशील, हरिकुमार राना–माओवादी केन्द्र, त्रिनारायण राजवंशी–लोसपा र ज्ञानेन्द्रराज कार्की –नेपालका लागि नेपाली पार्टीबाट समेत उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी प्रदेशसभातर्फ २ को १ मा एकराज कार्की –एमाले, कमल सिटौला –नेपाली कांग्रेस वीपी, दुर्गाप्रसाद दहाल–नेपाल कम्युनिष्ट पार्टी, देवनारायण धिमाल–मंगोल नेशनल, पार्वती माङ्मु–राजपा, पुष्पराज पोखरेल–नेकपा समाजवादी, भक्तबहादुर भुजेल –हाम्रो नेपाली पार्टी, भीमप्रसाद शेर्मा–संलोराम, राजु प्रसाई–स्वतन्त्र, रोमादेवी निरौला घिमिरे– मौलिक जरोकिलोबाट उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै २ को २ बाट अनिरुद्र तिम्सिना–स्वतन्त्र, खगेन्द्र मैनाली– नेकां, तिलचन पाठक–एमाले, धनबहादुर भुजेल–संलोराम, बाबुराम पौडेल–नेकपा माक्सवादी, मंगलसिंह लिम्बू–मंगोल नेशनल, रमेश कार्की–नेकां वीपी, बिजय इङनाम–राजपा, शिवप्रसाद आचार्य–लोसपा र सन्तकुमार तामाङ–नेमकिपाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी क्षेत्र नं. ३ को प्रतिनिधिसभातर्फ ओमप्रसाद खरेल– सचेत नेपाली पार्टी, कृष्णगोपाल छुस्यावाग– नेमकिपा, कृष्णप्रसाद सिटौला–नेकां, गजेन्द्र लिम्बू – राजपा, चुडामणि अधिकारी– मौजपा, डम्बरबहादुर गिरी –स्वतन्त्र, डम्बरबहादुर लिम्बू –संलोराम, देवीरमण भट्टराई –राप्रपा नेपाल, देवेन्द्रकिशोर ढुंगाना –लोसपाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै प्रकाश पाठक– स्वतन्त्र पार्टी नेपाल, प्रेमप्रसाद खनाल– स्वतन्त्र, भक्तिप्रसाद पनेरु –नेकां वीपी, भोटलाल राजवंशी –जनमत पार्टी, मनोरथ राजवंशी –स्वतन्त्र, नगेन्द्रप्रसाद खनाल–हाम्रो पार्टी नेपाल, राजेन्द्र लिङ्देन राप्रपा, वीरबहादुर राई –जसपा र श्यामबहादुर लिम्बू मंगोल नेशनल पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेशसभातर्फ ३ को १ मा अनुप राय –नेकां वीपी, अमरबहादुर लिम्बू –संलोराम, जमानुदिन मिया –स्वतन्त्र, देवकुमार चौधरी –जनमत, भूमिप्रसाद राजवंशी– नेकां, मदनहाङ तावा– मंगोल नेशनल, वसन्त बानिया –एमाले, हिमलाल भट्टराई– स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेशसभा तर्फकै ३ को २ मा छविलाल चुडाल–एमाले, थिरबहादुर खवास–संलोराम, धु्रवकुमार श्रेष्ठ–जसपा, नवराज खरेल–नेकपा माक्सवादी, पूर्णप्रसाद राजवंशी–माओवादी केन्द्र, प्रदीपकुमार राजवंशी –जनमत, वैजनाथ गणेश–लोसपा, मानवप्रकाश संग्रौला–हाम्रो नेपाल, यामकुमार श्रेष्ठ–मंगोल नेशनल, सेकेन्द्र राजवंशी–राजपा र त्रिलोचन मैनाली –स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् ।
यता क्षेत्र नं. ४ को प्रतिनिधिसभातर्फ कमलबहादुर पौडेल–स्वतन्त्र, किरण श्रेष्ठ –स्वतन्त्र, खुश्बू ओली–स्वतन्त्र, श्याम नेपाल–स्वतन्त्र, ग्यासुद्दिन मिया–लोसपा, दिलीप धिमाल–मंगोल नेशनल, दुर्गाप्रसाद घिमिरे– नेकां बीपी, देउकुमार थेबे–नेकां, नन्दराज राई–स्वतन्त्र उम्मेद वारी दर्ता गराएका छन् ।
त्यस्तै पूर्णकुमार लिम्बू–स्वतन्त्र, बिजयप्रसाद राजवंशी–राप्रपा नेपाल, मनकुमार ताप्मादेन–राजपा, युक्तप्रसाद भेटवाल–हाम्रो नेपाली पार्टी, लक्ष्मीनारायण खनाल–स्वतन्त्र, लालप्रसाद साँवा लिम्बू –एमाले, लाहानसिंह तुम्बाम्बो–संलोराम, बिक्रम काशीछ्वा– नेमकिपा, शम्भुप्रसाद ढकाल– रास्वपा, सत्यनारायण राजवंशी –जनमत पार्टी, हर्कराज राई –जसपाबाट उम्मेद्वारी दर्ता गराएका छन् ।
प्रदेशसभातर्फ क्षेत्र ४को १ मा उमानाथ दमाई– संलोराम, गोन्धा ताजपुरिया–जनमत, झलकबहादुर मंगर–माओवादी केन्द्र, भरत राई– मंगोल नेशनल, मेहरमान बस्नेत– स्वतन्त्र, रमेशप्रसाद आचार्य – स्वतन्त्र, राधाकृष्ण खनाल –एमाले, शान्तिराम न्यौपाने – स्वतन्त्र, संगीता लिम्बू राजपा र होमप्रसाद गौतम– हाम्रो नेपाल पार्टीले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै ४ को २ मा प्रदेशसभातर्फ अम्बिका तामाङ–मंगोल नेशनल, उमाकान्त सिटौला –मौलिक जरोकिलो, एकराज उप्रेती–नेकां, केशव बजगाई –हाम्रो नेपाली पार्टी, केहरसिंह बस्नेत–स्वतन्त्र, जयप्रसाद चम्लागाई– स्वतन्त्र, टेकबहादुर अधिकारी –नेकपा माक्सवादी, भक्ति सिटौला–राप्रपा, भरतकुमार श्रेष्ठ–स्वतन्त्र, मंगलसिंह साम्बेखाम – राजपा, रामकुमार राजवंशी – लोसपा, स्वामीप्रसाद लिम्बू–संलोराम पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् ।
उता क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा अन्तर्गत इन्द्रमणि दहाल–स्वतन्त्र, ओममाया आङदम्बे–जसपा, कल्पना लावती–स्वतन्त्र, कविन्द्र शर्मा लिम्बू –संलोराम, केपी शर्मा ओली –एमाले, केदारनाथ चापागाई–स्वतन्त्र, खगेन्द्र अधिकारी –कांग्रेस, चन्द्रप्रसाद राजवंशी –लोसपा, तीर्थेस्वर चौधरी –स्वतन्त्र, तुलशीराम काफ्ले –स्वतन्त्र, दीपकुमार पाठक–स्वतन्त्र, पदमबहादुर जबेगू –राजपा, विष्णुप्रसाद सिग्देल –स्वतन्त्र, भीम राजवंशी –जनमत, भेषराज भट्टराई –स्वतन्त्र रहेका छन् ।
त्यस्तै राजन चुडाल– नेशनलिष्ट पिपुल्स पार्टी, रामप्रसाद पाठक – सचेत नेपाली पार्टी, रामचन्द्र बानिया–स्वतन्त्र, रुद्रप्रसाद दहाल–नेमकिपा, रेवतीरमण् खनाल– स्वतन्त्र, रेवतीप्रसाद पौडेल– स्वतन्त्र, शान्ता अधिकारी –स्वतन्त्र, सुरेशकुमार पोखरेल– राष्ट्रिय स्वतन्त्र पार्टी, सानबहादुर मेचे – मंगोल नेशनल, सीताराम पोखरेल – स्वतन्त्र, सुलोचना राजवंशी –स्वतन्त्र र सेखरनाथ सेढाई – वीपी कांग्रेसबाट उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै प्रदेशसभातर्फ क्षेत्र नं. ५ को १ बाट इन्दिरादेवी दहाल–स्वतन्त्र, इन्द्रबहादुर न्यौपाने –स्वतन्त्र, उदय्प्रकाश राई –राजपा, जीवनकुमार राई –नेकां, दुत्रीलाल राजवंशी –जनमत, राजेन्द्र सुब्बा –मंगोल नेशनल, लक्षुमण लिम्बू –जसपा, लेखमाया श्रेष्ठ –स्वतन्त्र, सत्याकुमारी राजवंशी लोसपा, सूर्यपप्रसाद लिम्बू –सलोराम र हिक्मतकुमार कार्कीले–एमालेबाट उम्मेद्वारी दर्ता गराएका छन् ।
उता क्षेत्र नं. ५ को २ बाट कैलाश मगर–राजपा, छविलाल सिटौला –हाम्रो नेपाली, डम्बरबहादुर दहाल –स्वतन्त्र, तीर्थ नेपाल –स्वतन्त्र, दीपेन्द्र तिवारी –स्वतन्त्र, धनराज लिम्बू –संलोराम, धीरज बज्रचार्य –स्वतन्त्र, बाशुदेव भट्टराई –राप्रपा नेपाल, वेदनिधि गौतम –स्वतन्त्र, मधु थापामगर–स्वतन्त्र, महेशलाल राजवंशी – लोसपा, राजन चापागाई – स्वतन्त्र, रामलाल राई –मंगोल नेशनल, रेवतराज पुरी–नेकपा माओवादी केन्द्र, सुदीप राई –जसपा, र होमबहादुर थापा –एमाले रहेका छन् ।


























