झापा ।
आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्बाचनका लागि आइतवार प्रत्यक्षतर्फको मनोनयन दर्ता गरिएको छ । यो संगै चुनावी माहोल तातेको छ । यसैक्रममा झापा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र एमाले नेता अग्नि खरेलबीच कडा टक्करहरु विश्लेषण गरिएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि यस क्षेत्रबाट सत्ता गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा, एमाले गठबन्धन अन्तर्गत एमालेबाट अग्नि खरेल, ओमनाथ भण्डारी –राष्ट्रिय स्वतन्त्र पार्टी, ओलिन राजवंशी–लोकतान्त्रिक समाजवादी, केन्द्रकुमारी दहाल– स्वतन्त्र, चित्रहाङ जबेगू –राष्ट्रिय जनमुक्ति पार्टी, खण्डबहादुर अधिकारी–हाम्रो नेपाल पार्टी, पदममाया लिम्बू –संघीय लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै विकास राजवंशी–स्वतन्त्र, मुकुन्द दहाल–नेपालका लागि नेपाली पार्टी, रोशन बास्तोला–जन समावादी पार्टी नेपाल, राधा थापा–जनता समाजवादी पार्टी नेपाल, रामकुमार काफ्ले –नेपाल जनता पार्टी, बिदुरकुमार खतिवडा–स्वतन्त्र, सन्तराज कार्की–राप्रपा नेपाल र सन्तोष तामाङ– मंगल नेशनल अर्गनाइजेशन पार्टीबाट उम्मेद्वारी दर्ता गराएका छन् ।
त्यस्तै प्रदेश सभा सदस्यका लागि यस क्षेत्रको क्षेत्र १ को १ मा ६ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेहरुमा गंगालाल राजवंशी– लोसाप नेपाल, गोपाल तामाङ –नेकां, मीरा कार्की –जसपा, रवीन कोइराला – एमाले, सागर राई – मंगोल नेशनल अर्गनाइजेशन, सीता दुलाल– मौलिक जरोकिलो पार्टीबाट उम्मेद्वारी दर्ता गराएका छन् ।
त्यस्तै १ को २ बाट ओमप्रकाश खापुङ– जसपा, कल्याण खड्का –राप्रपा नेपाल, गीताप्रसाद अधिकारी – स्वतन्त्र, नन्दकुमार लिम्बू– राजपा, प्रकाश राई– नेपाल संघीय समाजवादी पार्टी, प्रदीप राई –संघीय लोकतान्त्रिक, मोहनसिंह लिम्बू – मंगोल नेशनल, रमा मेचे–लोसपा, राजन चिमरिया–स्वतन्त्र, श्यामबीर लिम्बू– माओवादी केन्द्र एकल चुनाव चिन्ह, सबिना बजगाई –राप्रपा, हिराप्रसाद पोखरेल – स्वतन्त्रबाट उम्मेद्वारी दिएका छन् ।


























