कृपालुजी महाराजको जन्मजयन्तीमा बिर्तामोडमा रक्तदान

0
293

बिर्तामोड ।

जगत्गुरु श्री कृपालुजी महाराजको १०० औं प्राकट्य दिवस (जन्मजयन्ती)को अवसरमा बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

राधा माधव समिति बिर्तामोडद्वारा आइतवार शरद पूर्णिमाका दिन धामस्थलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा दुई महिलासहित १२ जनाले रक्तदान गरेका थिए ।

जगत्गुरु कृपालुजी महाराजको जन्म दिनलाई नै प्राकट्य दिवसका रुपमा प्रत्येक वर्ष विविध कार्यक्रमका साथ मनाइने गरेको धाम समितिकी सदस्य दुर्गा ढकालले जानकारी दिइन् ।

नेपाल रेडक्रस सोसाइटी बिर्तामोडको प्राविधिक सहयोगमा सञ्चालित रक्तदान कार्यक्रम धाम परिसर बिर्तामोड –२ चारपानेमा सम्पन्न भएको थियो । नेपालको महान पर्व वडा दशैंको अन्तिम दिनमा समेत धाम समितिको आह्वानमा धाम परिसरमै पुगेर रक्तदान गर्ने सबै परोपकारी मनहरुप्रति समितिले आभार प्रकट गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here