एलएसीमा भारतीय सेनालाई दिइयो अत्याधुनिक हतियार

0
219

काठमाडौं।

भारतीय सेना चीनको उद्देश्यबाट राम्रोसँग अवगत छ। यसैले चीनलाई गतिलो जवाफ फकाउनका लागि आफ्नो सैन्य ताकतलाई अझ बलियो गर्ने तम्तयारी भारतले सुरु गरेको छ।

चीनको प्रत्येक धमकीको उत्तर इटाको जवाफ पत्थरले दिएको जस्तै भारतले पनि गतिलो जवाफ फकाउने भएको छ। यसैले कुनै प्रकारको भ्रममा नपरेर चीनी सेनाको सामना गर्नका लागि भारतले ठुलो स्तरमा तयारी थालेको छ। यसै तयारीअन्तर्गत भारतीय सेनाले अरूणाचल प्रदेशमा वास्तविक नियन्त्रण रेखा (एलएसी) को लगभग सबै अग्रिम चौकीहरूमा एक-एकवटा ठूलो हेलिप्याड बनाउने भएको छ। यी हेलिप्याडको माध्यमबाट सैनिकहरू र सैन्य उपकरणलाई तीब्र गतिमा पठाउन सकिनेछ।

वरिष्ठ सैन्य अधिकारीले शुक्रबार बताएअनुसार सीमामा आधारभूत ढाँचाको विकासका लागि एउटा ठूलो अभियानअन्तर्गत हेलिप्याड निर्माण गर्ने पाइला चालिएको हो। प्रत्येक अग्रिम चौकीहरू र सेनाको एकाइहरूलाई पनि अप्टिकल फाइबर नेटवर्कसँग जोडिने कार्य भइरहेको छ अनि यी सबैमा समग्र निगरानी र सन्चारलाई बलियो बनाउनका लागि अलग-अलग उपग्रह टर्मिनल पनि हुनेछ।

सेनाले एलएसी पारी चीनी गतिविधिहरूमा नजर राख्नका लागि अग्रिम चौकीहरूमा व्यापक सङ्ख्यामा स्वदेश निर्मित र टाडैबाट चलाउन मिल्ने विमान स्वीच अघिबाटै तैनाथ गरेको छ। सेनाले अरूणाचल प्रदेशमा आफ्नो एकाइहरूमा अत्याधुनिक र घातक हतियारहरू भरेका छन्। चौकीहरूमा अब अमेरिकाबाट २०१५ मा खरिद गरेको चिनूक ४७ एफ विमान अवतरण गर्न र त्यहाँबाट विमान भर्नका लागि पनि प्रबन्ध गरिन्दैछ।

यो एउटा बहुउद्देशीय विमान हो, जो सेनाको परिवहन वा अन्य आवश्यकताहरूको पूर्ति गर्दछ। २०२० मा शुरु भएको पूर्वी लद्दाखमा चीनसँग टक्करपछि भारत सरकारले ३५०० किलोमिटर लामो एलएसीमा आधारभूत ढाँचा विकासलाई तीब्रता दिइरहेको छ।

एलएसीको सुरक्षार्थ खटिएका बटालियनहरूको शक्तिलाई अझ बढाउनका लागि भारत सरकारले भरमग्दुर प्रयास गरिरहेको छ। सेनाका लागि नयाँ हतियारहरू प्रदान गरिनेछ। यी हतियारहरूमा लाइट मशीन गन, असल्ट राइफल, रकेट लन्चर, मानवरहित हवाई वाहन, अल-टेरियन वेहिकल्स र हाई-टेक सर्विलांस दियर सामेल छन्। सेनाका आधुनिकीकरणसँग राम्रोसँगले परिचित अधिकारीहरूले यसबारे जानकारी दिएका हुन्।

अधिकारीले बताएअनुसार मल्टी-मिशन चुनूक विमानलाई स़ञ्चालित गर्नमा सक्षम हेलिप्याड पनि दुर्गम क्षेत्रहरूमा सैनिकहरू र हतियारलाई तीब्र गतिमा तैनाथ गर्नका लागि सामेल हुनेछ। पूर्वू अरूणाचल प्रदेशमा तैनाथ एक पर्वतीय वरिष्ठ अधिकारीअनुसार हाल अरूणाचल प्रदेशमा इन्फ्रेन्ट्री बटालियन खटिएका छन्। लडाईको समयमा उनीहरू नै सबैभन्दा अघाडि हुने गर्दछन्। उक्त बटालियनको अपरेशन क्षमतालाई बढाउनका लागि नयाँ हतियारहरू प्रदान गरिएको हो। यो महत्त्वपूर्ण परिवर्तन एकदमै खास समयमा भइरहेको छ।

जानकारीअनुसार चिनूकको सञ्चालनका लागि हेलिप्याडको निर्माण कार्य तीब्र गतिमा भइरहेको छ। जसद्वारा सेनाका नवीनतम अमेरिकी मूलको तोपहरूलाई अगाडिका ठेगानाहरूमा लैजानमा सहयोग प्राप्त हुनेछ। M777 अल्ट्रा-लाइट होवित्जर चीनी सेनासँग प्रतिस्पर्धा गर्नका लागि अरूणाचल प्रदेशमा एलएसी मा तैनाथ सेनाका लागि एकदमै महत्वपूर्ण छ। यसमा बन्दूकको सामरिक गतिशीलताको कारण सेनालाई दुर्गम क्षेत्रहरूमा गोलीबारी गर्नका लागि थुप्रै विकल्प प्राप्त हुनेछ।

यो खबर यस्तो समयमा प्रकाशमा आएको छ जब भारत र चीनका सेना पूर्वी लद्दाखमा गोगरा-हटस्प्रिङ्ग्स क्षेत्रबाट पछि हटिरहेका छन्। भारतीय विदेश मन्त्रालयले बताएअनुसार यो प्रक्रिया १२ सेप्टेम्बरसम्म पूरा हुनेछ। यस स्थानमा दुवै सेनाहरूबीच गत दुई वर्षभन्दा अधिक समयदेखि गतिरोध जारी रहेको थियो।

चीनसँग जारी सीमा विवादबीच भारतीय सेनाको तर्फबाट गरिएको यस प्रकारको प्रबन्धले अर्कोतिर चीनको निद्रा खलबलिने तय छ। किनकी चीनले बारम्बार एलएसीमा सेनाको तैनाथी बढाएको छ। यसको साथै एलएसीमा अवैध निर्माण कार्यलाई पनि बढाइरहेको छ। यस्तो परिस्थितिमा भारतको तर्फबाट रक्षा तयारीलाई बलियो पार्नलाई गरिएको कार्यहरूले चीनलाई झट्का लागेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here