पथरीशनिश्चरे-१०मा अमेरिकाका भुटानी युवाहरुले पिटर्सवर्ग च्यालेन्ज कप आयोजना गर्ने

0
360

छविराज ढकाल/ पथरीशनिश्चरे,

मोरङ्गको पथरी शनिश्चरेमा आगामी कार्तिक १४ गतेदेखि ‘दोस्रो पिट्सवर्ग फुटबल च्यालेन्ज कप–२०२२’ हुने भएको छ ।

आज शुक्रबार विहान एक पत्रकार सम्मेलनको आयोजना गर्दै अमेरिकामा बस्ने नेपाली भाषी भुटानी युवाहरुको लगानीमा उक्त प्रतियोगिता आयोजना गरिने जानकारी दिईएको हो।
पथरीशनिश्चरे -१० स्थित प्रस्तावित पथरीशनिश्चरे रंगशालामा आगामी कार्तिक ११ गतेदेखि १८ गतेसम्म उक्त प्रतियोगिता हुनेछ।

प्रतियोगिता आयोजक समिति संयोजक गणेश थक्लुङ लिम्बूका अनुसार प्रतियोगितामा दमक एकेडेमी, पथरी ११ एफसी, चारतारे एफसी( लेटाङ्ग) , भुटानी शरणार्थी शिविर पथरीशनिश्चरे, बेलबारी एफसी, बेलडाँगी भुटानी शरणर्थी शिविर, जहदा एफसी र टेन नवोदय सहित८ टिमले सहभागिता जनाउनेछन्।

प्रतियोगिताका प्रथम र दोस्रो हुने फुटबल क्लबलाई ईन्ट्रा- वेलफेयर फाउण्डेशन अफ अमेरिकाद्वारा प्रायोजित पुरस्कार राशी क्रमशः २ लाख १ हजार र १ लाख १ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिले जनाएको छ ।

हेजल सिस्टरको डायमण्ड स्पोन्सर रहेको छ भने सोही खेलको लागि अमेरिकाकै माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट क्लब समेतको प्रायोजनमा सम्पन्न हुनेछ। प्रतियोगिताको प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ घोषित खेलाडीलाई २५ सय रुपैयाँ र अन्य ७ विधाका उत्कृष्ट खेलाडीहरुलाई पाँचदेखि ७ हजार ५ सयसम्म नगद पुरस्कार प्रदान गरिने खेल कमिसार बिक्की राईले बताएका छन्।

आयोजक समितिको संयोजक गणेश थक्लुङ लिम्बूको सभापतित्वमा सम्पन्न सम्मेलनमा इलाका प्रहरी कार्यालय पथरीको प्रमुख डीएसपी वेदप्रसाद गौतम, स्थानीय समाजसेवी प्रदिपकुमार राई, प्रेम ढकाल, पथरी प्रिमियर लिग आयोजक समितिको संयोजक संजिव गिरी, पूर्व खेलाडी दीपक पुलामी, बिक्की राईलगायतको उपस्थिति रहेको थियो ।

पिट्सबर्ग फुटबल प्रतियोगिता अमेरिकाको पिट्सबर्ग पनि नेपालीहरुवीच प्रतियोगिता हुँदै आएको पिटर्सवर्ग च्यालेन्ज कपका फाउण्डर अर्जुन विष्टले बताएका हुन् । नेपालमा गत बर्ष पनि यो प्रतियोगिताको आयोजना गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here