अपहरणपछि गेष्ट हाउसमा ल्याएर हत्या गर्ने तीन जना पक्राउ

0
250

झापा ।

सिरहाबाट अपहरणमा परेका १८ वर्षीय युवकका शुक्रबार विराटनगरमा हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

सिरहाको गोलबजार घर भएका १८ वर्षीय अंशु सदाको शव विराटनगर बसपार्कमा रहेको अप्सरा गेष्टहाउसभित्र भेटिएको हो ।

उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–५ का २६ वर्षीय मनोज कार्की, १९ वर्षीय विष्णु भनिने प्रशान्त मण्डल र धनुषाको कमला नगरपालिका–६ का राकेश ठाकुर छन् ।

उनीहरुमाथि थप अनुसन्धान भईरहेको एक जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here