संयुक्त गठबन्धले मात्रै देशको विकास गर्छ– राना

0
301

बिर्तामोड ।

झापा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार हरिकुमार रानाले एउटा दलले मात्र देश निर्माण गर्न नसक्ने प्रमाण २०७७/०७८ बाट पृष्ठि भएको बताउँदै संयुक्त गठबन्धले मात्र देशको भविश्य कायकल्प गर्न सक्ने बताएका छन् ।

झापा क्षेत्र नं. २ (क) को लोकतान्तिक बाम गठबन्धनको संयुक्त चुनाव प्रचारप्रसार समितिको आइतवार(आज) बिर्तामोडमा कार्यालय उद्घाटन गर्दै नेता रानाले कांग्रेस, माओवादी, नेकपा एसलगायतका दलका शिर्ष नेताहरुले हिम्मत र साहस गरेर चालेको कमद स्वागत योग्य रहेको बताएका छन् ।

नेता रानाले देशलाई उन्नती, प्रगतिको पथमा लानका लागि एकदलिय शासनले नसक्ने जिकिर गर्दै लोकतान्तिक बाम–गठबन्धनले मात्र त्यो सम्भव हुने बताएका छन् । गठबन्धन दलहरुले चालेको कदमले नै जीत हासिल गरेको बताउँदै परिणाम मात्र पर्र्खिएको बताएका छन् । ‘एकता नै बल हो’ नेता रानाले भने ‘देशमा प्रजातन्त्र ल्याउनका सवै दलको एकता भएर मात्र सम्भव भएको थियो ।’

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदका उम्मेद्वारको चुनावी प्रचारप्रसार गर्ने उदेश्यले आइतवार बिर्तामोडस्थित लिटल फ्लावर्स स्कुलको अगाडी पट्टि कार्यालय सञ्चालन गरिएको हो ।

झापा क्षेत्र नं. २ (क) का निर्वाचन परिचालन समितिका संयोजक लक्ष्मी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य (क) का उम्मेद्वार पुष्पराज पोखरेल, निर्वाचन परिचालन समितिका सह–संयोजक मोहन सुब्वा, श्रीप्रसाद सिटौलालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव गणेश कालिकोटेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here