पथरीशनिश्चरे,

आगामी मंसिर ४ गते हुन गई रहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को सुरक्षार्थ छनौटमा परेकाहरूलाई तालिम दिईने भएको छ।
आइतबार छनौटमा उत्तीर्ण भएका र स्थानिय तह निर्वाचन २०७९ मा खटिएका पूर्व म्यादी प्रहरीहरू तथा पूर्व सुरक्षाकर्मीहरूलाई १० दिने तालिम सुरु भएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोईरालाले विराटनगरमा एक कार्यक्रमका बीच समुदघाटन गर्नु हुँदै आवश्यक निर्देशन समेत दिनु भएको थियो ।
तालिम असोज ३० गते देखि कार्तिक ८ गते सम्म १० कार्य अवधिसम्म संचालन गरिने भएको छ।































