कांग्रेसको काँधमा महत्वपूर्ण जिम्मेवारी: शिवाकोटी

0
246

विर्तामोड।

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले इतिहासले नेपाली कांग्रेसको काँधमा महत्वपूर्ण जिम्मेवारी र अवसर सुम्पेको हुँदा गठबन्धन दलका उम्मेद्वारलाई विजयी गराएर आफ्नो जिम्मेवारी पूरा गर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेस झापाको बैठकलाई आज सम्बोधन गर्दै नेता शिवाकोटीले नेकपा एमालेले चलाएको भ्रम र हल्लाका पछि नलागी गठबन्धनका उम्मेद्वारको पक्षमा जनलहर सिर्जना गर्न सक्रियतापूर्वक खट्न कार्यकर्तालाई आह्वान गर्नुभयो ।

बैठकमा कांग्रेस केन्द्रीय सदस्यद्वय सुशिला ढकाल र गोमा भट्टराई, उपसभापति शेरबहादुर भटराई, क्षेत्रीय सभापति इन्द्र बुढाथोकी लगायतले गठबन्धन दलबीच मतको आदान–प्रदान हुनेहुँदा गठबन्धनलाई चुनाव अवधिभर एकै पार्टी सरह ठानी भावनात्मक एकताका साथ चुनावमा होमिन आग्रह गर्नुभयो ।

कार्यबाहक सभापति केशवराज पाण्डेको सभापतित्वमा सम्पन्न बैठकको सञ्चालन कृष्ण हुमागाईले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here