प्रचार अभियान तीब्र बनाउने संयुक्त संयन्त्रको निर्णय

0
359

विर्तामोड, प्रतिगमन विरुद्ध संगठित लोकतान्त्रिक–बाम गठबन्धन दलको संयुक्त संयन्त्र झापाको बैठकले प्रचार अभियानलाई तीब्र बनाउने निर्णय गरेको छ ।
संयन्त्रका अध्यक्ष एवं कांग्रेस कार्यबाहक सभापति केशवराज पाण्डेको अध्यक्षतामा सम्पन्न संयन्त्रको बैठकले गठबन्धनमा आबद्ध दलहरुका तरुण, युवा, विद्यार्थी, मजदुर, किसान, महिला, भातृ तथा जनवर्गीय संगठनको प्रतिनिधिसभा, क्षेत्र, प्रदेशसभा क्षेत्र र वडा तहसम्म संयुक्त समिति गठन गरी गठबन्धन दलका उम्मेद्वारहरुलाई विजयी गराउन प्रचार अभियानलाई तीब्र बनाउने निर्णय गरेको हो ।
यसैगरी बैठकले गठबन्धन दलका भातृ तथा जनवर्गीय संगठनका जिल्ला, क्षेत्र, प्रदेशक्षेत्र र गाउँ÷नगरस्तरका पदाधिकारीहरुको संयुक्त भेला आगामी कात्तिक ४ गते गर्ने निर्णय गरेको संयन्त्रका सदस्य कृष्ण हुमागाईले जानकारी दिनुभयो ।
बैठकमा नेकपा एसका बेदराज रेग्मी, नेकपा माओवादीका राजु आचार्य अग्नी, शेरबहादुर भट्टराई, कृष्ण हुमागाई, मोहन टुडु, कुबेर श्रेष्ठ, वि।पी। भट्टराई लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here