हचुमासा सामुदायिक वनको २६औं साधारण सभा सम्पन्न

0
276

अर्जुनधारा, झापाको अर्जुनधारा–१स्थित हचुमासा सामुदायिक वन उपभोक्ता समूहको २६औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।
समूहको कार्यालय प्राङ्गणमा समूहका अध्यक्ष चन्द्रप्रसाद प्रसाईंको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।
सभामा अध्यक्ष प्रसाईंले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र सहसचिव देउकुमार नेम्वाङ “विकास”ले गत आर्थिक वर्ष ०७८÷०७९को महालेखा परीक्षण प्रतिवेदन र चालु आर्थिक वर्ष ०७९÷०८०को बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
संस्थाले गत आर्थिक वर्षमा ६६ लाख ३६ हजार दुई सय चार रुपैयाँ ४० पैसा बराबरको आर्थिक कारोबार गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । जसअनुसार प्रशासनिक खर्चमा आठ लाख ९८ हजार छ सय ८२ रुपैयाँ, वन विकास खर्चमा पाँच लाख ३५ हजार एक सय ७५ रुपैयाँ, सामाजिक विकास खर्चमा दुई लाख ४२ हजार पाँच सय ४७ रुपैयाँ, लकडी कटान मुछान, पाइलीङ चिरानी र संकलन खर्चमा १७ लाख ७६ हजार तीन सय ५५ रुपैयाँ, दायित्व भुक्तानीमा २७ लाख २७ हजार छ रुपैयाँ र अन्य खर्चमा ५८ हजार ८२ रुपैयाँ उल्लेख गरिएको छ ।
त्यसैगरी तीन लाख ९८ हजार तीन सय ५६ रुपैयाँ चार पैसा बचत गरेको संस्थाले चालु आर्थिक वर्षको लागि अनुमानित एक करोड १९ लाख ४६ हजार चार सय ७६ रुपैयाँ ९५ पैसा बराबरको नीति तथा कार्यक्रम सभामा पेस गरेको थियो ।
सोही कार्यक्रममा समूहका संस्थापक अध्यक्ष प्रेम खत्री, समूह अन्र्तगत रहेको ३० वटा टोलमध्ये उत्कृष्ट हुने टोल नं.२२, उत्कृष्ट कर्मचारी वन हेरालु टीका एक्तेन र समूहको उपभोक्ता क्षेत्रभित्रका व्यावसायिक तरकारी खेती गर्दै आएका युवराज कार्कीलाई उत्कृष्ट कृषक सम्मानबाट सम्मानित गरिएको थियो । संस्थापक अध्यक्ष खत्रीलाई नगद २० हजार पाँच सय रुपैयाँ र अन्य सम्मानित व्यक्तित्वहरुलाई जनही तीन हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा वडाध्यक्ष उपेन्द्र बस्नेत, कनकाई सब डिभिजन वन कार्यालय सुरुङ्गाका प्रमुख सुरेश खनाल, सिंहदेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुलाल ढकाल, शंकराचार्य पीठ साधुटारका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडा, संस्थाका सल्लाहकार वीजेन्द्रकुमार एक्तेन, टोल नं.३०का संयोजक बालकृष्ण खतिवडालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समूहका उपाध्यक्ष सन्तबहादुर मगरले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव प्रभा नेपाल र सहसचिव नेम्वाङले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here