‘जनजीविकालाई सहज बनाउने अभियान चलाइरहेको छु’

0
275

झापा।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन कसैलाई सांसद–मन्त्री बनाउन नभई जनताका लागि आएको बताएका छन् ।

झापाको एक कार्यक्रममा नेता सिटौलाले निर्वाचन जनताको अधिकार र असल जनसेवक छनोटका लागि आएको बताए ।

निर्वाचन जनतालाई अझ शक्तिशाली बनाउने अवसर भएको उनको भनाइ छ । यो केहीलाई मन्त्री वा सांसद बनाउन आएको निर्वाचन होइन– झापा क्षेत्र नं. ३का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका उनले भने– मतदानको सदुपयोग गरेर जनताले अब जनताको सेवा गर्ने पार्टी–उम्मेदवार छनौट गर्नुपर्छ ।

उनले लोकतन्त्रको लडाइँ जारी रहेको उल्लेख गर्दै संघीय गणतन्त्र सुदृढ बनाउने अभियानमा आफू लागीपरेको दावी गरे । जनजीविकालाई सहज बनाउने अभियान चलाइरहेको छु– उनले भने– स्थानीय र केन्द्रीय आवश्यकता अनुसार मेरो भूमिका हुन्छ ।

जनतालाई खुशी, समृद्धि लगायतका शब्दले नपुग्ने बताउँदै उनले जनतालाई वास्तविक खुसी र समृद्धि दिनुपर्नेमा जोड दिए । गठबन्धन निर्वाचनका लागि मात्र नभएको चर्चा गर्दै नेता सिटौलाले भने– यो राष्ट्रिय आवश्यकताका लागि, मुलुक निर्माणका लागि भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here