झापा ।

आगलागी पीडित मेचीनगर नगरपालिका–२ निवासी केवल निरौलाको परिवारलाई दुई लाख ५० हजार रुपैयाँँ सहयोग प्रदान गरिएको छ ।
अमेरिका निवासी मुनिन्द्र नेम्वाङसहितको टिमले प्रदान गरेको सहयोग रकम मेची अभियानका परिकल्पनाकार विश्वप्रकाश शर्मासहितको टिमले प्रदान गरेको हो ।
मेची अभियान मार्फत संकलित रकम हस्तान्तरण समारोहमा मेची अभियानका संयोजक बिजय डालमिया, नेपाली कांग्रेसका नेता राम कट्टेलसहित स्थानीय अगुवा सहभागी थिए ।
निरौलाको घरमा गत चैत महिनामा आगलागी हुँदा घर जलेर पूर्ण रुपमा क्षति भएको थियो । मेची अभियानले विपदमा परेका नागरिकलाई सहयोग पु¥याउने अभियान अन्तरगत निरौला परिवारलाई सहयोग गरेको बताइएको छ ।































