लोक संकृतिको संरक्षणमा प्याव्सन झापाको चासो, नृत्य निर्देशकसंग अन्तरक्रिया

0
386

बिर्तामोड ।

नेपाली समाजमा आधुनिकता भित्रिएसँगै लोकसंस्कृति बोकेका परम्पराहरु संकटमा पर्दै गएका बेला प्याव्सन झापा लोक संकृति जर्गेना गर्ने उद्धेश्यले लोक नृत्यको संरक्षणमा जुटेको छ ।

उदाउँदो युवापुस्ता लोक–संस्कृतिप्रति गैरजिम्मेवार बन्दै जाँदा हाम्रा मौलिक गाथा बोकेका संस्कृति लोप हुने अवस्थामा पुगिरहेका बेला प्याव्सन झापाले लोक संकृतिको जर्गेना गर्दै हरेक कार्यक्रममा साकृतिक कार्यक्रमलाई प्राथमिकता दिने निर्णय गरेको छ । नेपाली समाजमा पाश्चात्य संगीतको प्रवेश भएसँगै स्थानीय स्रोत–साधनको प्रयोग गरेर निर्माण गरिएका बाजा पनि लोप हुने संघारमा पुगेका बेला प्याव्सन झापाले नेपाली लोक संगीत र संस्कृतिले हाम्रो पहिचान झल्काउने खालका प्रस्तुतिका लागि नृत्य निर्देशकहरुसंग छलफल गरेको छ ।

संस्थागत विद्यालयको छाता संगठन प्याव्सन झापाले हरेक विद्यालयको संकृतिक कार्यक्रम तथा अन्य विभिन्न महोत्सव तथा उत्सवहरुमा लोक नृत्य प्रस्तुत गरेर झापाका संस्थागत विद्यालयले अग्रस्थान हासिल गरेका छन् । नेपालीको पहिचान दिलाउने लोक–संस्कृति र संगीत लोप हुन थालेपछि हाम्रो पहिचान संकटमा भएकाले त्यसलाई संरक्षण गर्ने हिसाबले छलफल तथा अन्र्तक्रिया कार्यधmम गरेको प्याव्सन झापाका अध्यक्ष गौरीमान फागोले बताए ।

नेपाली पहिचानको बारेमा जानकारी दिनको लागि हाम्रो लोक–संस्कृतिले ठूलो भूमिका रहेकाले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई हाम्रा लोक–संस्कृति, ऐतिहासिक परम्परा र लोक संगीतका बारेमा जानकारी गराउँदै सबै जाति, भाषा, धर्म र संकृतिको पहिचान झल्कने नृत्य प्रस्तुत गर्न सकिन्छ भनेर नृत्य निर्देशकहरुसंग अन्र्तक्रिया गरिएको प्याव्सन झापाका सचिव हरिकृष्ण पाठकले जानकारी दिए ।

नेपाल लोक–संस्कृतिको धनी मुलुक भएको र नेपाली लोक–संस्कृतिको छुट्टै पहिचान र महत्व रहेकाले यसको संरक्षण गर्ने हामी सबैको दायित्व भएको प्याव्सन झापाका सुमन शर्मा जमरकट्टेलको भनाई छ । लोक–संस्कृतिको जगेर्नाको लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्छ । युवापुस्ता पाश्चात्य गीत/संगीतको प्रभावमा पर्नु र पुरानो पुस्ताले सीप हस्तान्तरण गर्न नसक्नुले हाम्रा लोक–संस्कृति र संगीत लोप हुँदै गएको छ ।

अन्र्तक्रिया कार्यक्रममा नृत्य निर्देशकहरु लोकचन्द्र श्रेष्ठ, जिदन मर्डी,नहिम अलि, युवराज श्रेष्ठ, सुरज मगर, राज शर्मा,अजय चौधरी, दिवस गिरी, अमन गुप्ता, मुस्कान राई, मनिष नेपाली,बिक्कि पट्टेल,विक्रम गेलाल लगायतको सहभागिता रहेको थियो ।

अन्र्तक्रियामा प्याव्सन झापाका पदाधिकारी, नगर तथा गाउँपालिकाका अध्यक्षहरुको सहभागिता रहेको थियो । लोक संकृतिको संरक्षणमा नेपालमै छुट्टै पहिचान बनाएको झापा प्याव्सनले विभिन्न स्थानमा भएको प्रतियोगितात्मक प्रतिस्पर्धामा उपाधि समेत जितेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here