झापा, झापाका माछा व्यवसायीहरु आन्दोलित भएका छन् । बिर्तामोड नगरपालिकाले भारतबाट आयातित माछा बिक्रीमा रोक लगाएसंगै माछा व्यवसायीहरु आन्दोलित भएका हुन् । नेपाल माछा व्यापार श्रमिक संघ झापाले बिज्ञप्ति जारी गर्दै बिर्तामोड नगरको निर्णय तत्काल सच्याउन माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ– बर्षाैदेखि माछा ब्यवसाय सञ्चालन गरेर जिविको पार्जन गर्दै आएका हामी माछा व्यवसायीलाई पेशाबाटै पलायन हुने स्थितिमा पु¥याउने नगरको निर्णय प्रति नेपाल माछा ब्यापार श्रमिक संघ झापा घोर निन्दा र भत्सना गर्दछ ।’
तथ्य नै नबुझी हचुवाको भरमा कसैको उक्साहटमा लागेर नगरपालिकाले गरेको यस्तो निर्णायले बिर्तामोडका माछा व्यवसायी मात्र नभई झापासहित पूर्वी पहाडी जिल्लामा माछा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई प्रत्यक्ष असर परेको र रोजीरोटी नै गुम्ने अवस्था सृजना भएकाले हामीमाथि गरिएको विभेदपूर्ण निर्णय तत्काल सच्याउन बिर्तामोड नगरपालिकालाई आग्रह गदर्छौ – विज्ञप्तिमा भनिएको छ ।
नेपाल सरकारको कानूनी प्रावधान बिपरित बिर्तामोड नगरपालिकाले भारतबाट ल्याइएका माछा विक्री गर्न नपाउने भनी गरेको निर्णयले माछा ब्यापारीहरु मारमा मात्रै परेका छैनन् उनीहरुको रोजिरोटीनै खोसिएकाले गर या मरको स्थिति सृजना भएको हुँदा नगरले निर्णय नसच्याएको खण्डमा जस्तोसुकै आन्दोलनमा सहभागी हुन आफूहरु बाध्य हुने भन्दै भनिएको छ ।
नेपाल सरकारको निर्णय बमोजिम एलसी. खोलेर निश्चित रकम जम्मा गरेपछि मात्रै सरकार मातहतकै निकाय कृषि तथा पशुपन्छी बिकास मन्त्रालय पशु सेवा विभाग मातहत रहेका पशु क्वारेन्टाइन कार्यालयमार्फत प्रमाणित गरी भन्सार प्रकृया पूरा गरेर आयात गरिएका माछा ‘कोल्ड चैन’(आइस)–मा ब्यवस्थित तरिकाले राखिसकेपछि नबिग्रिएसम्म बेचविखन गर्न पाउने कानुनी प्रावधान रहेको विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।
बिर्तामोड सहित पूर्वका वजारमा बिक्री हुने माछा पनि पशु क्वारेन्टाइनले प्रमाणित गरेपछि मात्रै बिक्री बितरण हुँदै आएको छ । यस्तो अवस्थामा बिर्तामोड नगरपालिकाले माछाको गुणस्तर परीक्षण र आवश्यक कागजात नै नहेरी हचुवाको भरमा जथाभावी माछा नियन्त्रणामा लिने र नष्ट गर्ने, व्यवसायिलाई हतोत्सायी बनाउने जस्ता कार्य निरन्तर गर्दै आएकाले यस्तो कार्य नगर्न नगरपालिकासंग जोडदार माग गदर्छाै भनिएको छ ।
कात्तिक २ गते मेचीनगरबाट दमक नगरपालिकाका माछा व्यवसायीले आवश्यक प्रक्रिया पु¥याएर लैजादै गरेका माछा बिर्तामोड को मुक्ति चँैकमा गाडी रोकेर बिर्तामोड नगरप्रहरीले नियन्त्रणमा लिई अनावश्यक दुःख दिएको प्रति पनि हाम्रो गम्भीर ध्यानाकषर्ण भएको छ । हो हामीकहाँ आयात हुने माछा भारतीय नै हुन् । नेपालमा उत्पादित माछाले यहाँको वजार धान्न सक्ने स्थिति नै छैन । आम उपभोक्ताको माग बमोजिम हामीहरु कानूनी प्रक्रिया पूरा गरेर विरगञ्ज भन्सार प्रयोग गर्दै नेपालमा भित्रिएको माछा विक्री बितरण गर्दै आएका छौं । खान योग्य माछालाई फर्मालिन प्रयोग गरिएको माछा भनेर स्थानीय सरकारले नै व्यवसायीमाथि गरेको अन्यायपूर्ण निर्णय प्रति नलाग्न सम्पूर्ण महानुभावहरुलाई आग्रह गर्न चाहन्छौं जारी विज्ञप्तिमा भनिएको छ ।
माछा व्यवसायीहरु बिर्तामोड नगरपालिकाकै निर्णयका कारण मारमा परेकाले सम्पूर्ण उपभोक्ता, आम नागरिक, नागरिक समाजका अगुवाहरु, राजनीतिक दलका प्रतिनिधि , सञ्चार जगत र सम्पूर्ण मानवअधिकारवादी संघ संस्थालाई हनन भएको हाम्रो अधिकार स्थापित गराउन सहयोग पु¥याइदिन भन्दै सबै समक्ष अनुरोध गरिएको छ । विज्ञप्तिमा नेपाल माछा व्यापार श्रमिक संघ झापाका अध्यक्ष सोनालाल साह सहितका पदाधिकारीले हस्ताक्षर गरेका छन् ।
यस्तो छ विज्ञप्ति । 



























