बेलबारी गोल्डकप कात्तिक १५ गतेदेखि

0
451

पथरीशनिश्चरे ।

मोरङको बेलबारीमा पाँचौँ संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय अमान्त्रण गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ ।

विराटनगरमा बुधवार पत्रकार सम्मेलन गरी कार्तिक १५ देखि २३ गतेसम्म प्रतियोगिता हुने जानकारी गराएको हो। यस वर्ष हुने गोल्डकपमा विजेताले पाउने नगद राशि तीन लाख रुपैयाँ आयोजकले बढाएको छ ।

पाँचौँ संस्करणमा विजेता हुने टिमले नगद ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार रुपैयाँ रहेको छ । यसअघिको चौथो संस्करणमा विजेताले ५ लाख रुपैयाँ रहेको थियो ।डाँगीहाट यूथ क्लबको आयोजनामा बेलबारी ११ लक्ष्मीमार्गस्थित लक्ष्मी माविको खेलमैदानमा गोल्ड कप हुने भएको छ ।
बुद्ध एयरले मुख्य प्रयोजन गरेको गोल्ड कपमा तीन वटा विदेशी टिमसहित १० टिमको सहभागिता रहेको डाँगीहाट यूथ क्लबका अध्यक्ष विक्रम राईले जानकारी दिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलकिपरलाई १५ हजार, उत्कृष्ट डिफेन्डर लाइ १५ हजार, उत्कृष्ट मिडफिल्डलाई १५ हजार पुरस्कार राशि रहेको छ । यस्तै उत्कृष्ट कोचलाई ३५ हजार, सर्वाधिक गोलकर्तालाई १५ हजार उदयमान खेलाडीलाई १५ हजार रुपैयाँको साथै प्रत्येक दिनको म्यान अफ द म्याच हुने खेलाडीलाई ५ हजार रुपैयाँ रहेको डाँगीहाट यूथ क्लबका प्रेस संयोजक तथा प्रवक्ता नरेन्द्र बस्नेतले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न करिब ५२ लाख ६१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । ६१ लाख ९० हजार रुपैयाँ आम्दानी हुने आयोजकको अपेक्षा छ । प्रतियोगिताको उद्घाटनको खेल झापाको रोलिङ एफ सी र पेम्बा यूथ क्लब विराटनगर बिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा गत वर्षको विजेता टिम सशस्त्र प्रहरी बलसहित रोलिङ एफ सी झापा, पेम्बा युथ क्लब विराटनगर, डाँगी हाट यूथ क्लब आयोजक, सहारा क्लब पोखरा, भारतको वेस्ट बङ्गाल आमुक्त परिवार, सिराहाको सहलेस यूथ क्लब, एभिनियर फुटबल क्लब क्यामरुन, युनाईटेड ब्रदर्श कालिम्पोङ भारत र धनकुटाको राजारानी फुटबल क्लबको सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here