बिर्तामोड ।

प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन नेकपा एमाले झापाले अहिले जिल्लाभर विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।
पाँच निर्वाचन क्षेत्रमै उम्मेदवार अहिले मतदाताको घर–घरमा पुगेर मत माग्न व्यस्त छन् भने एमालेका एजेन्डालाई स्थापित गराउन समेत नेकपा एमालेका वर्गीय संगठन लागीपरेका छन् ।
यसैक्रममा प्रेस चौतारी झापाले झापा क्षेत्र नं. २का उम्मेदवारलाई जिताउन सहयोग पु¥याउने उद्देश्यले बिर्तामोडमा सम्पादकसँग उम्मेदवार बन्ने अन्तरक्रिया कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा उम्मेदवारले आफ्ना प्रतिबद्धता राखेका थिए भने सञ्चारकर्मीले उम्मेदवारलाई निर्वाचन तयारी र जित सुनिश्चितताका बारेमा जिज्ञासा राखेका थिए ।
प्रेस चौतारी झापाको सभाहलमा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार देवराज घिमिरे, प्रदेश सभा सदस्य पदका उम्मेदवार एकराज कार्की र चिन्तन पाठकले आफ्ना एजेन्डासहित पत्रकारले सोधेको प्रश्नको उत्तर दिएका थिए । तिनै जना उम्मेदवारले आफ्नो जित सुनिश्चित रहेको भन्दै अबको पाँच बर्ष नागरिकको पक्षमा रहेर काम गर्ने उद्घोष गरेका छन् ।
हरिचरण शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा गोपाल काफ्लेले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालत प्रदीप परियारले गरेका थिए ।

























