बिर्तामोडमा ॐकार एकता राष्ट्रिय धार्मिक सम्मेलन

0
326

बिर्तामोड ।

झापाको बिर्तामोडमा ॐकार एकता राष्ट्रिय धार्मिक सम्मेलन सम्पन्न भएको छ । विश्व ॐकार महाअभियान नेपालको आयोजनामा बिर्तामोड–५ कनकाई कलेजमा भएको सम्मेलनमा वैदिक, बौद्ध, किरात, जैन, सिख प्रकृतिपूजक, वैद्य, धामीझाँक्री लगायतका गुरुहरूद्वारा आशिर्वाचन प्रदान गरिएको थियो ।

सम्मेलन आयोजक समितिका संयोजक धुव्रप्रसाद शिवाकोटी को अध्यक्षता तथा डा. चिन्तामणि योगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहसंयोजक तथा राष्ट्रिय हिन्दू एकता मञ्चका केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद ओलीले स्वागत तथा औचित्यमाथि प्रकाश पारेका थिए ।

क्षितिज संगीत साधना प्रतिष्ठानका कलाकारहरूले स्वागत गीत प्रस्तुत गरेको कार्यक्रममा समाजमा धार्मिक तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै कनकाई कलेजका संस्थापक जयनारायण ढुंगाना, द्वारिकाप्रसाद मित्तल, भगवानदास अग्रवाललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा व्यासाचार्य किशोरकुमार गौतम, शंकराचार्यपीठ साधुटारका आचार्य लक्ष्मीप्रसाद खतिवडा, श्वामी भागवताचार्य, नेपाल राष्ट्रिय धामी वैद्य संघका संरक्षक तथा वरिष्ठ सल्लाहकार एवम् झाँक्रीविद् भोलानाथ बाँस्तोला, लामा घेदुङ संघ झापाका अध्यक्ष चन्द्र लामा, किराँत धर्मका धनबहादुर थाम्सुहाङ, श्रद्धा जागरण अभियानका प्रमुख चन्दुलाल मुर्मू, बिद्यार्थी बाबा लगायतले प्रवचन दिएका थिए ।

कार्यक्रममा धामी झाँक्री, सन्थाल नृत्य, पञ्चेबाजालगायत प्रदर्शन गरिएको थियो । कार्यक्रमको सञ्चालन सम्मेलन आयोजक समितिका सचिव डिल्लीराम उप्रेतीले गरेको अर्जुनकुमार भट्टराईले जानकारी दिए ।

धार्मिक सम्मेलनमा केही धर्म गुरुहरूले धर्मनिरपेक्षको बिरोध र आसन्न निर्वाचनमा हिन्दू धर्मको पक्षमा भोट हाल्न अपिल गरेका थिए । चुनावको मुखमा धार्मिक सम्मेलनको नाममा यसरी भोट माग्ने कार्य गर्नु गलत भएको भन्दै केही कार्यक्रमस्थलबाट बाहिरिएको सहभागी लक्ष्मीनारायण सिटौलाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here